
श्रीमतीबाट याैन सन्तुस्टी नमिलेकाे भन्दै सांसदले हाले सम्बन्ध बिच्छेदकाे मुद्धा
- असार २९, २०७९ मा प्रकाशित
भारतका एकजना सांसदले श्रीमतीले यौनसुख नदिएको भन्दै अदालतमा मुद्दा दर्ता गरेका छन् ।लोकसभा सांसद अनुभव मोहन्तीले आफ्नी श्रीमती प्रियदर्शनीमाथि बिहे गरेको आठ वर्षसम्म पनि यौनसम्बन्ध नराखेको भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेका हुन । प्रियदर्शिनी पेशाले उडिसाको चर्चित कलाकार पनि हुन ।
सांसद अनुभवले श्रीमतीमाथि आरोप लगाउँदै सामाजिक सञ्जालमा समेत लेखेका छन् । श्रीमतीले समेत अनुभवमाथि घरेलु हिंसा र विवाहेत्तर सम्बन्ध राखेको भन्दै आरोप लगाएकी छिन् ।
अदालतमा चलेको सुनुवाईपछि न्यायाधिशले वर्षा प्रियदर्शिनीलाई श्रीमानको घर खाली गर्न दुई महिनाको नोटिस जारी गरेको छ । यसका साथै भरणपोषणका लागि मानाचामलवापत प्रतिमहिना ३० हजार रुपैयाँ श्रीमतीलाई दिन समेत अदालतले आदेश दिएको छ ।श्रीमती वर्षाले भने अन्य महिलासँग सम्बन्ध राखेको भन्दै १५ करोड क्षतिपूर्ति दावी गरेकी छिन् ।
उनीहरु दुबैले सन् २०१४ मा विवाह गरेका थिए । विवाह गरेको केही समयपछि नै उनीहरुबीच झगडा शुरु भएको थियो । सन् २०१६ मा अनुभवले उनको वैवाहिक जीवन सही किसिमले नचलेको भन्दै सार्वजनिक गरेका थिए । वर्षाले शारीरिक सम्बन्ध राख्न नखोजेको उनको आरोप थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments