
शेरा दरबार प्रकरण : चाँडो अनुसन्धान सकेर दोषीलाई कानुनी दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन
- पुष १४, २०८१ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नुवाकोटास्थित शेरा दरबारले चर्चेको जग्गाबारे चाँडो अनुसन्धान सकाउन प्रहरीलाई निर्देशन दिएका छन् । आइतबार गृहमन्त्री रमेश लेखकले प्रहरी प्रमुख बसन्त बहादुर कुँवर र सिआइबी प्रमुख एआइजी दीपक थापालाई गृह मन्त्रालयमा बोलाएर सो विषयमा छानबिन प्रक्रिया द्रुत रुपमा अघि बढाएर टुङ्गोमा पुर्याउन निर्देशन दिएका हुन् ।
शेरा दरबार र शेरा दरबारले चर्चेको १६४ रोपनी जग्गा व्यक्तिको नाममा लैजान गरेको घटनाको गम्भीर रूपमा छानबिन गर्नका लागि गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख दीपक थापालाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले आइतबार कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि प्रहरी महानिरीक्षक कुँवर र एआईजी थापालाई बोलाएर शेरा दरबारको जग्गाको विषयमा जानकारी लिएका थिए ।
गृहमन्त्रीको सचिवालयका अनुसार अनुसन्धानबाट दोषी देखिएकाहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएका छन् । ‘नुवाकोटाको शेरा दरबारको विषयमा सीआईबीबाट छानबिन भइरहको सन्दर्भमा गृहमन्त्रीले सीआईबी प्रमुख एआइजी दीपक थापा र प्रहरी प्रमुख बसन्तबहादुर कुँवरलाई उक्त विषयमा गम्भीर भएर छानबिन गर्न निर्देशन दिनु भएको छ,’ गृहमन्त्रीको सचिवालयले भन्यो, ‘उक्त प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन पनि निर्देशन दिनु भएको छ । त्यसका लागि छानबिन प्रक्रिया द्रुत रुपमा अघि बढाएर उक्त विषय टुंगोमा पुर्याउनसमेत गृहमन्त्रीले निर्देशन दिनु भएको छ ।’
पृथ्वीनारायण शाहका पालामा नुवाकोटको शेराबेंसीमा बनेको दरबारको १६४ रोपनी जग्गा व्यक्तिगत कम्पनीका नाममा दर्ता गरिएको भेटिएपछि कारबाहीका लागि सीआईबीले सरकार र अख्तियारलाई पत्राचार गरेको छ । शेरा दरबारले चर्चेको हदबन्दी लागेको जग्गा नेपाल सरकारका नाममा आउनुपर्नेमा २०३५ सालदेखि कृषि फार्मिङका नाममा दर्ता गरेर त्यसलाई निजीकरणमा लगेको पाइएपछि सिआइबीले अनुसन्धान गरेको हो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments