
शिवसेना नेपालले उपमहानगरमा बुझायाे ज्ञापन : इटहरी चाैकमा बिरेन्द्रकाे शालिक राखेरै छाडछाै
- असार २१, २०७९ मा प्रकाशित
इटहरी । लामो समयदेखि हिन्दु राष्ट्रको वकालत गर्दै आएको शिव सेना नेपालले इटहरी उपमहानगरमा मेयर हेमकर्ण पौडेल र उपमेयर संगिता कुमारी चौधरी समक्ष सोमबार ज्ञापन पत्र बुझाएका छन । इटहरीको मुख्य चौकमा शालिक राख्ने या नराख्ने विषयमा बिवाद भइरहदा शिव सेना नेपालले भने पूर्व राजा बिरेन्द्र बिरबिक्रम साहको सालिक निर्माण गरेर राख्नुपृने अडान राखेको छ ।
सोमबार उपमहानगर प्रमुख हेमकर्ण पौडेलको कार्यकक्षमा शिव सेना नेपाल सुनसरी अध्यक्ष हिरा आचार्य सहितको टोलीले ज्ञापन पत्र बुझाएको हो । उक्त ज्ञापन पत्रमा इटहरीको मुख्य चौकमा पूर्व राजा बिरेन्द्र बिर बिक्रम साहको शालिक निर्माण गरिनुपर्ने उनिहरूको माग छ ।
शिव सेना नेपालले २०७८ पौस महिनाको पृथ्वि जयन्तीमै इटहरी मुख्य चौकमा बिरेन्द्र शाहको सालिक निर्माण गर्ने घोषणा गरिसकेको अवगत गराउदै अन्यको सालिक त्यस स्थानमा राखिए आफ्नो संगठन चुप लागेर नबस्ने चेतावनी समेत दिइएको छ । देश बेचौ , झण्डा फेरौ भन्नेहरूको बिरूद्ध भण्डाफोर अभीयान सहित इतिहासको संरक्षणमा जुटदै इटहरीको मुख्य चौकमा बिरेन्द्रको सालिक निर्माण गरेर राख्न उपमहानगर समक्ष अनुरोध गरेको शिव सेना नेपाल सुनसरीका अध्यक्ष हिरा आचार्यले बताए ।
उनले इटहरीको मुख्य चौकमा बिरेन्द्रको शालिक निर्माणको क्रममा आइपर्ने जस्तोसुकै परिस्थितीको पनि डटेर सामना गर्न तयार रहेको उल्लेख गरेका छन । इटहरी चौकमा शालिक निर्माण गर्ने या नगर्ने बिषयमा बिवाद हुदै आएको छ । यता उपमहानगरले भने तत्काल यो विषयमा कुनै निर्णय लिन सकेको छैन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments