
शिवजट्टाकाे मुहानबाट पानी ल्याउने हर्ककाे याेजनालाइ उपभाेक्ताकाे अंकुस : बिराेधपछि रित्तै फर्किए हर्क
- आश्विन २९, २०७९ मा प्रकाशित
इटहरी । आफूहरुले उपभोग गरिरहेको खानेपानीको मुहान क्षेत्र शिवजट्टाबाट मेयर हर्क साम्पाङले सहमति नगरि खानेपानी लैजान लागेको भन्दै स्थानीय उपभोक्ताहरुले विरोध जनाएका छन् ।स्थानीयको चर्को विरोध तथा दबाब पछि मेयर साम्पाङले मुहान क्षेत्र परिवर्तन गर्न सहमत भएका छन् ।मेयर साम्पाङले जनश्रमदानबाट बिहिबारदेखि वडा नं १५ लाई लक्षित गरेर शिवजट्टाबाट पानी ल्याउने काम शुरु गर्न लागेका थिए ।
यो थाह पाएपछि स्थानीय उपभोक्ताहरु बिहानैदेखि कोशी राजमार्गसँग जोडिएको शिवजट्टा जाने बाटो शिवधारामा भेला भएका थिए ।शिवजट्टामा निर्माण सामग्रीहरु लैजान नदिन वडा नं ४ र १४ का उपभोक्ताहरु आएर बाटो छेकेपछि केही बेर तनावग्रस्त स्थिति बनेको थियो । सुरक्षाको लागि प्रहरी पनि तैनाथ भएका थिए । उपभोक्ताहरुसँगै वडा नं १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टारई र वडा ४ का वडाअध्यक्ष धनबहादुर कुलुङ राई पनि अवरोध गर्न पुगेका थिए ।
मेयर साम्पाङलाई आफूहरुले शिवजट्टाबाट नभै उपभोक्ताहरुको मुहान नभएको भालुखोला क्षेत्रबाट पानी लैजान आग्रह गर्दा नमानेपछि अवरोध गर्न आउनुपरेको वडा ४ का अध्यक्ष कुलुङले बताए ।उनले भने, ‘मेयर साबले जहाँबाट पानी लैजाने भन्नुभएको छ, त्यो क्षेत्रभन्दा मुनिबाट धेरै उपभोक्ताहरुले पानी लगेर खाइरहेका छन् । त्यसैले हामीले भालुखोलाबाट लैजानुस्, बरु हामी पनि सघाउन आउछौं भनेका थियौं, उहाँले नमानेपछि हामी यसरी आउनुपरेको हो ।’
स्थानीय उपभोक्ता र मेयर साम्पाङका समर्थकहरुबीच शिवधारा क्षेत्रमा विवाद भएपछि मेयर साम्पाङ आफै पुगेका थिए । उनलाई पनि स्थानीयले घेरा हालेपछि मेयर साम्पाङले उपभोक्ता समितिका प्रतिनिधि र वडाका जनप्रतिनिधिहरुलाई छलफलको लागि कार्यकक्षमा बोलाएका थिए ।मेयर साम्पाङले आफू स्थलगत निरीक्षणमा जाँदा उपभोक्ताहरुले खोलाबाट पाइप हालेर पानी लगेको नदेखेपछि मात्र सेउतीको माथिल्लो क्षेत्र शिवधाराबाट पानी ल्याउने योजना शुरु गर्न लागेको बताए । उपभोक्ताहरुले भने बर्षामा खोलामा बाढी आउने भएकोले आफूहरुले पाइप भिरको जरुवा पानीमा राखेर लगिरहेको भन्दै आफुहरुसहित स्थलगत निरीक्षणमा जान आग्रह गरेका थिए ।
उपभोक्ताहरुको आग्रह पछि मेयर साम्पाङले उपभोक्ताको इन्टेक भेटिएको तल्लो क्षेत्रभन्दा माथि नजाने र भालुखोलाबाट नै पानी ल्याएर वडां १५ लाई वितरण गर्ने भनेपछि सहमति भएको थियो । साथै, मेयर साम्पाङले आफूहरुको आग्रह स्वीकार गरेपछि खुशी व्यक्त गर्दै वडा ४ र १४ का वडाअध्यक्ष साथै उपभोक्ताहरु पनि श्रमदानमा आउने प्रतिवद्धता जनाएका छन् ।वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले भने,‘वडा नं १५ लाई पानी नदिने भन्ने थिएन । मात्र अहिले उपभोक्ताहरुले खाइरहेको मुहान क्षेत्रभन्दा माथिबाट पानी नल्याइयोस् भन्ने थियो । मेयरज्युले यो कुरामा सहमति जनाउनुभएपछि विवाद हल भयो ।
अब म आफै पनि श्रमदानमा आउनेछु ।’छलफलमा यो सहमति लगत्तै मेयर साम्पाङ वडाअध्यक्ष र स्थानीय उपभोक्तासहित सेउती हुदैं भालुखोला मुहान निरीक्षणमा गएका थिए । निरीक्षण पश्चात मेयर साम्पाङले भने,‘अस्ति निरीक्षणमा आउँदा खोलाबाट पानी लगेको पाइप देखिएको थिएन । तर, बाढीले बगाउने भएकोले भिरतिर पाइप राखेर पानी लगेको रहेछ । कसैले उपभोग गरिरहेको मुहान असर पर्ने गरि लैजादैनौं, उपभोक्ताहरुले भनेजस्तै भालुखोलाबाट नै लैजान्छौं । काम शुक्रबारदेखि नै शुरु भैहाल्छ ।’
गएको बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएर मेयरमा निवार्चित साम्पाङको प्रमुख एजेण्डा नै खानेपानी थियो । पानीको चरम अभाव भोगिरहेको धरानबासीलाई आफू निवार्चित भएदेखि नै खानेपानी पर्याप्त पुर्याउन मेयर साम्पाङ जनश्रमदानबाट विभिन्न योजना अघि सारिरहेका छन् । उनले पकुवा खोलाको पानी श्रमदानबाट ल्याएका छन् भने निशाने, सर्दु र खर्दुको पानी पनि स्वास्तिका चोकमा ल्याएर वितरण गरिरहेका छन् । यस्तै, निशाने सर्दु दोभानमा गोर्खा पिस फाउण्डेशन र हर्क साम्पाङ सपोर्ट कमिटी युकेले २ लाख १० हजार लिटर क्षमताको पानी ट्यांकी निर्माण गरिरहेको छ भने ३ करोड बढी लगानीमा गोर्खा वेल्फेयर ट्रष्टले पनि खर्दुबाट पानी थप्ने योजना कार्यान्वयन गर्न लागेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments