
शिर छेदन गरेर मृत्युदन्ड दिइनुअघि जेलरकी दिष्टिविहीन छोरीलाई पत्र पठाएका थिए भ्यालेन्टाइनले
- फाल्गुन २, २०७८ मा प्रकाशित
रोम: आज फेब्रुवरी १४ अर्थात भ्यालेन्टाइन डे हो । भ्यालेन्टाइन डेबारे विभिन्न इतिहास, कथा र किस्सा सुन्नमा पाइन्छन् । त्यसमध्ये रोमनको एउटा घटना चर्चित छ ।
रोमका सन्त भ्यालेन्टाइनलाई यही दिन मृत्युदन्ड दिइएको विश्वास गरिन्छ । तत्कालिन शासकले उनलाई मृत्युदन्ड दिएको सम्झनामा प्रत्येक वर्ष १४ फेब्रुवरीलाई विभिन्न देशहरुमा भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको रुपमा मनाउछन् । भ्यालेन्टाइन डेको पछाडि दुःखद इतिहास लुकेको छ ।
सन् २७० मा रोमका शासक क्लउडिअस द्दितीय थिए । उनको शासन कालमा रोमनमा विभिन्न अलोकप्रिय र नरसंहार अभियान चलाइएका थिए । त्यसका लागि उनले सेनालाई एउटा मजबुदत अंग बनाउने निधो गरे । ठूलो संख्यामा सेनामा माग भए पनि मानिसहरु अनिच्छुक देखिए । आफ्ना पत्नी र परिबारप्रतिको आशक्तिका कारण रोमनी पुरुष सेनामा भर्ति हुन अनिच्छा देखाएको उनले निस्कर्ष निकाले ।
बिहे गरेपछि पुरुषको शक्ति नस्ट र बुद्धि भ्रष्ट हुने उनको मान्यता थियो । त्यसैलाई आधार मान्दै सन्की शासकले रोममा सम्पूर्ण विवाह र इन्गेजमेन्टमा रोक लगाए । क्लउडिअस घोषणाले सन्त भ्यालेनटाइनलाई असाह्य भयो । उनले क्लोडियसको विरोध मात्र गरेनन् युवा प्रेमी प्रेमिकालाई गोप्य रुपमा विवाह गर्न उक्साए ।
उनको उक्साहटको पछि लागेर सेनालगायत केहीले विवाह गरे । सर्वसाधारण भड्काएको आरोपमा क्लउडिअसले भ्यालेन्टाइनलाई पक्राउ गर्न आदेश दिए । पक्राउको केही दिनमा नै उनलाई फाँसी सजाय सुनाइयो ।
आदेश पाएको केही दिनमै भ्यालेन्टाइनले कारागारका जेलरकी दृष्टिविहिन छोरीलाई एउटा प्रेम पत्र लेखेका थिए । पत्रको अन्त्मा उनलाई सम्बोधन गर्दै फ्रम योर भ्यालेन्टाइन लेखेका थिए । मृत्यु हुनु केही घन्टाअघि उनले जेलरलाई भनेका थिए, ‘म मरेपछि मेरा आखाँ दृष्टिविहिन छोरीलाई दिनु । ’
अन्ततः१४ फेब्रुबरीमा भ्यालेन्टाइनलाई शिर छेदन गरेर मृत्युदन्ड दिइएको थियो । उनको सम्झनामा सोही समयदेखि विश्वभरका उनका अनुयायीले भ्यालेन्टाइन डे मनाउन थालेका थिए । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments