
शिक्षा क्षेत्रमा कडाइ गर्दै इटहरी उपमहानगर , निजी विद्यालयले लिने शुल्कमा लगाउदै अंकुस : माघ मसान्त भित्र सबै विवरण पेस गर्न परिपत्र जारी
- माघ १७, २०८० मा प्रकाशित

इटहरी । आगामी नयाँ शैक्षिक सत्रबाट इटहरी उपमहानगरले निजी विद्यालयले दिँदै आएको शुल्कमा कडाइ गर्ने भएको छ । निजी विद्यालयहरूले चर्को शुल्क लिने गरेको गुनासो आइरहेको सन्दर्भमा उपमहानगरले शुल्कमा अङ्कुश लगाउने तयारी थालेको हो । आगामी शैक्षिक सत्र २०८१ मा निजी विद्यालयहरूले विद्यार्थीसँग लिने शुल्कको प्रस्ताव माघ २९ गते भित्रमा पेस गर्न उपमहानगरले परिपत्र जारी गरेको छ।
तोकिएको समयमा प्रस्ताव पेस नगर्ने विद्यालयलाई नियम बमोजिम कारबाही गरिने समेत उपमहानगरले चेतावनी दिएको छ।
इटहरी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सबै संस्थागत विद्यालयलाई परिपत्र गर्दै लिने मासिक शुल्क सहित अन्य सबै प्रकारका शुल्कको बारेमा उपमहानगरपालिकालाई जानकारी गराउने गरी प्रस्ताव ल्याउन भनिएको छ। निजी विद्यालयले लिने तोकिएको शुल्क शीर्षकमा लिइने शुल्कहरू सम्बन्धित विद्यालयको दुई तिहाइ अभिभावकहरूको भेलाबाट पारित गरी पठाउनु पर्ने व्यवस्था छ। अभिभावक भेलाबाट पारित शुल्कमा विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रमाणित प्रतिलिपि पनि पेस गर्न उपमहानगरले जारी गरेको परिपत्रमा भनिएको छ।
विगतमा पनि दुई तिहाइ अभिभावकको भेलाबाट शुल्क तय गर्नुपर्ने निर्देशिका थियो । तर आफू अनुकूल नभएको भन्दै प्याब्सन र एन प्याब्सन अन्तर्गतका विद्यालयले आफूखुसी शुल्क उठाउने गरेकाले यस पटक भने दुई तिहाइ अभिभावकबाट पारित गर्नुपर्ने मुख्य आधार बनाइएको नगर प्रमुख हेम कर्ण पौडेलले बताए । ‘निजी विद्यालयहरूले मनपरी शुल्क लिने कार्य हामी बन्द गर्छौ, पौडेलले भने, शुल्क व्यवस्थापन गर्न अभियान नै सञ्चालन हुन्छ ।’
संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२को दफा ६मा भएको व्यवस्थाको परिधिभित्र रही तथा दफा ७ मा भएको शुल्क गणना कार्यविधि अनुसार प्रक्रिया पुरा गरी प्रस्ताव पेस गर्न भनिएको छ। निजी विद्यालयहरूले विद्यार्थीबाट मासिक पढाई शुल्क, वार्षिक शुल्क, भर्ना, धरौटी, परीक्षा, कम्प्युटर, स्थानान्तरण, विशेष प्रशिक्षण, आवास, भोजन लगायतका १४ किसिमका शुल्कमा प्रस्ताव पेस गर्न परिपत्रमा भनिएको छ ।

तोकिएको शीर्षकमा लिइने शुल्क सम्बन्धी दुई तिहाइ अभिभावकहरूको भेलाबाट पारित गरी पठाउनु पर्ने छ । यस्तै विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रमाणित प्रतिलिपि, विद्यालयको सुरक्षण बापत मुद्दती खातामा राखेको रकमको प्रमाणको प्रतिलिपि समेत पेस गर्न उपमहानगरको शिक्षा शाखाले जारी गरिएको परिपत्रमा उल्लेख छ ।
निजी विद्यालयले वार्षिक शुल्क, ट्युसन शुल्क, खाना तथा टिफिन, बस शुल्क, परीक्षा शुल्क लगायतका शीर्षकमा मनोमानी शुल्क असुल्न थालेपछि उपमहानगर त्यसलाई कडाइ गर्ने मनस्थितिमा पुगेको हो । चालु शैक्षिक सत्रको सुरुवातमा पनि इटहरी उपमहानगरले सबै निजी विद्यालयहरूले १० प्रतिशत छात्रवृत्ति अनिवार्य दिनुपर्ने प्रावधानमा कडाइ गरेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments