
शिक्षक माग्दै गाउँपालिका कार्यालयमा अभिभावकको डेलिगेसन
- फाल्गुन २१, २०७८ मा प्रकाशित
खोटाङ: रावाबेँसी गाउँपालिका–६ हौंचुरस्थित पञ्चकन्या आधारभुत विद्यालयका अभिभावक शिक्षक दरबन्दी माग गर्दै गाउँपालिका कार्यालयमा डेलिगेसन गएका छन् ।
हाल एक जना स्थायी र तीन जना निजी स्रोतका शिक्षकको भरमा सञ्चालन हुँदै आएको विद्यालयका लागि आवश्यक थप दरबन्दीको माग गर्दै अभिभावक गाउँपालिका केन्द्रमा डेलिगेसन गएका हुन् ।
स्थानीय तह कार्यान्वयनमा आउनुअघि तत्कालिन जिल्ला शिक्षा कार्यालयले पाँच दरबन्दी कटौति गरेको विद्यालयमा हाल नियमित ५० देखि ६० जना विद्यार्थी आइरहेकाले पुःन दरबन्दी माग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङले बताए । ‘पहिला तत्कालिन जिल्ला शिक्षा कार्यालयले दरबन्दी कटौति ग¥यो, अहिले दरबन्दी दिने अग्राधिकार स्थानीय सरकारको हातमा छ, त्यसकारण स्थानीय सरकार समक्ष दरबन्दी माग गर्न गएका हौँ,’ अध्यक्ष गुरुङले भने, ‘गाउँपालिका अध्यक्षले महिना दिनभित्र दुई वा एक वटा दरबन्दी उपलव्ध गराउने आश्वासन दिनु भएको छ ।’
भला गुरुङको संयोजकत्वमा ५५ जनाको हस्ताक्षरसहित अभिभावक गाउँपालिकामा दरबन्दी माग गर्दै डेलिगेसन पुगेका हुन् । नजिकै अन्य विद्यालय नभएको, लेक क्षेत्र भएकाले मापदण्डअनुसार विद्यार्थी संख्या पु¥याउने अवस्था नभएको तर दरबन्दी कटौति हुँदा सा–साना बालबालिका शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था भएको छ । सोही कारण विद्यालयलाई आरक्षण विद्यालय घोषणा गर्नुपर्ने अभिभावकको माग छ । विद्यालयमा कार्यरत निजी शिक्षक अवसर खोज्दै अन्यत्र जाने भएकाले पटक–पटक नयाँ शिक्षक खोजिरहनु पर्ने र पढाइको स्तर खस्किने भएकाले शैक्षिक स्थितरताका लागि दरबन्दी माग गरिएको अभिभावकको भनाइ छ ।
२०२१ सालमा स्थापना भएको विद्यालय २०७२ सालको भूकम्पले विद्यालय चिराचिरा परेको छ । हाल विद्यालयको भवन टालटुल गरेर प्रयोगमा ल्याएको छ । पुनः भूकम्प आए जनधनको क्षति हुने जोखिम रहेको अभिभावकहरू बताउँछन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments