
शिक्षक आन्दोलनमा झडप : पत्रकार सविना कार्की पनि घाइते , प्रहरीले बोकेरै अस्पताल पुर्याए
- बैशाख १४, २०८२ मा प्रकाशित

इटहरी । काठमाडौंमा आइतबार दिउँसो शिक्षक र प्रहरीबीच झडप हुँदा पत्रकार पनि घाइते भएकी छन् । शिक्षकहरूले प्रहरी घेरा तोडेर निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो। त्यसपछि प्रहरीले शिक्षकहरूलाई लक्ष्य गर्दै पानीका फोहरा पनि हानेको थियो ।
सो क्रममा बानेश्वर नजिकै आन्दोलन तथा झडपको रिपोर्टिङ गरिरहेकी एक जना पत्रकार घाइते भएकी छन् । प्राइम टाइम टेलिभिजनमा कार्यरत पत्रकार सबिना कार्की घाइते भएकी हुन् । प्रहरीले हानेको पानीको फोहराले कार्कीको आँखामा चोट लागेको छ । प्राइम टाइम टेलिभिजनका प्रमुख ऋषि धमलाले रिपोर्टिङका क्रममा संवाददाता कार्की घाइते भएको र उपचारका लागि तिलगंगा आँखा प्रतिष्ठानमा लगिएको जानकारी दिएका छन् । सुरुमा उनलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट चिकित्सकले ट्रमा सेन्टर रिफर गरेको थियो । तर, उनको आँखामा चोट भएपछि तिलगंगा अस्पताल लगेर उपचार भइरहेको हो ।
लगत्तै सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले उनलाई बोकेरै अस्पतालतर्फ लगेका थिए । प्रदर्शनस्थलबाट प्रहरीको गाडी भएको ठाउँसम्म कार्कीलाई प्रहरीले आफैं बोकेर लगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । प्रहरी र शिक्षकहरू झडप दर्जन बढी शिक्षकहरू पनि घाइते छन् । घाइते शिक्षकहरूलाई ट्रमा सेन्टर र एभरेष्ट अस्पताल लगिएको प्रहरीले जनाएको छ। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments