
शिक्षक आन्दोलनप्रति रामकुमारी झाँक्रीको टिप्पणी : शिक्षकहरूको रमिता बढी भयो
- बैशाख ६, २०८२ मा प्रकाशित

इटहरी । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले शिक्षकहरूले सडकमा रमिता देखाइरहेको टिप्पणी गरेकी छन्। शिक्षकहरू विगत लामो समयदेखि गरिरहेको सडक आन्दोलनप्रति लक्षित गर्दै नेतृ झाँक्रीले सामाजिक सञ्जालमा ‘अब चाहि शिक्षकहरूको रमिता बढी भयो’ लेखेकी छन् ।
आफूले सडकलाई नजिकबाट हेरिरहेको र आफूले आन्दोलनबारे चासो राखेको उनले बताएकी छन् । तर संवादमै नआउने शिक्षकहरूको भनाइमा उनले तीब्र असन्तुष्टि जनाएकी छन् । पूर्व विद्यार्थी नेतृ समेत रहेकी झाँक्रीले लेखेकी छन्, ‘शिक्षक, सरकार र संसदको बीचमा समन्वय र संवाद गराउनु पर्यो भनेर धेरै कोणबाट उहाँहरूसँग कुरा पुराउने, संवाद गर्ने प्रयास पनि गरें । तर उहाँहरू त संवाद नै नगर्ने रे ? शिक्षा ऐन अहिले पास हुनुपर्छ अन्यथा हामी विधालय फर्कदैनौ भन्नु हुन्छ । के ऐन सडकबाट पास हुने हो र ?’
उनले थप लेखेकी छन्, ‘विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुँदैन ? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरूले सडकबाटै ऐन पास गर्दिनु हुने रहेछ ? समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौ भन्न मिल्छ ? राज्यको तलव खाएका शिक्षक कर्मचारीले ? भर्नाको बेला विद्यालय बन्द गरेर लाखौं विद्यार्थीको भविष्य अन्योल बनाउन मिल्छ ?’
उनले लेखेकी छन्, ‘निजी स्कूलले धमाधम भर्ना गरेर कक्षा चलाउन लागिसकेका छन । यहाँहरूले पढाएका कयौं विधालयको BLE को रिजल्ट शून्य छ । के यो विषयमा चिन्चित हुनहुन्छ ? आगामी दिनमा सुधार्न के गर्नुपर्छ भनेर कतै छलफलमा रूचि देखाउनु भएको छ ? ऐन आउँछ भनेर सरकारले प्रतिबद्धता जनाएको छ । सरोकारवाला सबैको चासो पनि छ । शिक्षकहरूले यतिसम्म ध्यानाकर्षण गराउनु ठिकै हो । किन भने ऐन पहिले नै आउनुपर्ने थियो, आउन सकेन । अब आउँछ । विधेयक समितिमा दफावार छलफलमा छ । विधेयक संशोधनसहित पास हुने भएकाले पनि छलफलले समय लिएको हो । अब भने विधेयक समितिबाट पास हुने प्रक्रिया छ । समितिले पास गरेपछि हाउसमा जान्छ । सरकारको प्रतिबद्धता छ, यो अधिवेशनमा ऐन आउँछ। सर-मेडमहरू अब विधालयमा फर्कनुस् । आफ्नो जिम्मेवारी बहन गर्नुस् । सरकार र संसदलाई विश्वास गर्नुस्। जिम्मेवार नेता साथीहरू ! ऐक्यवद्धताको रमिता तपाईहरू पनि नगर्नुस् बल र कोर्ट दुबै तपाईंकै खुट्टामा छ।’

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments