
शिक्षकहरूलाई उक्साउदै प्रचण्डले भने : पटक–पटक धोका भएको छ, आन्दोलन नरोक्नू
- बैशाख १०, २०८२ मा प्रकाशित

इटहरी । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षकहरूलाई आन्दोलन जारी राख्न अपील गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारले पटक–पटक धोका दिएको भन्दै शिक्षकहरूलाई आन्दोलन नरोक्न अपील गरेका हुन् ।
‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन अपील गर्न चाहन्छु । तपाईहरुले पटक–पटक आन्दोलन गर्नु भएको छ । पटक–पटक धोका भएको छ । यस पटक त्यस्तो हुन नदिन हामी सबैको जिम्मेवारी छ,’ उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्नुको सट्टा अपमान गरेको प्रचण्डको आरोप छ । ‘यो सरकारले एक दिन पनि सरकारमा बस्ने हैसियत गुमाइसकेको छ । दुई हप्तादेखि शिक्षकहरू आन्दोलरत छन् । तर, सरकारको नेतृत्वको गरेको प्रधानमन्त्रीले उनीहरूको मागप्रति गम्भीर हुनुको साटो उल्टै अपमान गर्ने, गाली गर्ने, तिनलाई हप्काउने गरेका छन्,’ उनले भने । उनले प्रधानमन्त्री ओली शिक्षकहरूको मागलाई बेवास्ता गरेको आरोप लगाए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments