
शरीरको तौल कम गर्न चाहनु हुन्छ? यसरी लसुनको सेवन गर्नुहाेस्
- जेष्ठ २४, २०७९ मा प्रकाशित
लसुन नेपालीहरुको भान्सामा सजिलै पाईन्छ। लसुन धेरै पौष्टिक तत्वबाट भरिपूर्ण हुन्छ। भिटामिन सी, बी ६, फाइबर, म्यागनीज, क्याल्सियम आदि तत्व लसुनको सेवनबाट प्राप्त गर्न सकिन्छ। त्यसैले लसुनलाई पावर हाउस भनिन्छ।
लसुनको सेवनले इन्फ्लेमेशन कम गर्नुका साथै रोगसँग लड्ने क्षमता बढाउँछ। लसुन मुटुको स्वास्थ्यलाई ठिक राख्न पनि लाभदायक मानिन्छ। अस्वस्थकर जीवनशैलीका कारण मानिसहरुमा अहिले मोटोपनको समस्या बढ्दै गएको छ। मोटोपन घटाउनका लागि मानिसहरुले अनेक उपायहरु अपनाउँछन्।
लसुनको प्रयोगबाट तौल कम गर्न मद्दत पुग्ने एक अध्ययनले देखाएको छ। लसुनमा पाइने केही तत्वहरुले शरीरमा भएको बोसोलाई पगाल्न मद्दत गर्दछ। लसुनमा एक एलियम नामक मुख्य तत्व हुन्छ, जुन शरीरका लागि लाभदायक मानिन्छ। यो लसुन सेवन गरेको करिब १० मिनेटपछि सक्रिय हुन्छ।
यदी तपाई शरीरको तौल कम गर्न चाहनु हुन्छ भने लसुनलाई काचो नै खानुपर्छ। एलियम नामको तत्वले लसुनको सुगन्ध पनि बढाउँछ। लसुनको सुगन्ध जति तेज हुन्छ, त्यति नै यो फाइदाजनक पनि मानिन्छ। लसुनमा एलिनेज नामको एक एंजाइम पनि हुन्छ, जसले शरीरमा रहेको बोर्सा पगाल्न मद्दत गर्दछ।
लसुनलाई विभिन्न उपायबाट तौल कम गर्ने उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ। यसका उपायहरु यहाँ उल्लेख गरिएको छः
महसँग लसुन
शरीरको डिक्टसीफाईका लागि लसुन र मह निकै राम्रो मानिन्छ। किनभने लसुन र महले शरीरमा रहेको फोहोरलाई सफाई गर्न मद्दत गर्दछ।
यसको सेवनले पेट लामोसम्म भरिएको पनि महसुस हुन्छ। यी दुईको मिश्रणले भोक कम लाग्नुका साथै पाचन प्रणाली पनि राम्रो हुन्छ। तौल कम गर्न पनि पाचन प्रणाली स्वस्थ हुन निकै आवश्यक छ।
तौल कम गर्न पाकेको भन्दा पनि काचो लसुन लाभदायक मानिन्छ। त्यसैले बिहान खाली पेट काचो लसुन खाए शरीरमा भएको बोसो राम्रोसँग मेटाबोलाइज गर्ने गर्छ।
कागतीसँग लसुन
थोरै तातो पनि लिनुहोस्। त्यसमा एक चम्चा कागतीको रस र १÷२ पोटी लसुन थिचेर राख्ने र यसलाई मिसाएर पिउने। यो ड्रिंकले तौल कम मात्र नभई फ्री रेडिकल्सले हुने विभिन्न ड्यामेजबाट पनि बचाउँछ।
खाली पेटमा लसुन
बिहान खाली पेट लसुन या लसुन पानी खायौँ भने यसको अधिक लाभ मिल्छ। किनभने पकाएको भन्दा काचो लसुन बढी फाइदाजनक मानिन्छ। बिहान २÷३ पोटी लसुन पानीसँग खान सकिन्छ।
घरेलु उपायबाट शरीरको तौल कम गर्न चाहनेका लागि लसुनको प्रयोग सबैभन्दा उत्तम मानिन्छ। तर यो मात्र भनेर हुँदैन। यो सँगै स्वस्थ खानेकुरा र नियमित कसरतको पनि निकै जरुरी हुन्छ।
साइड इफेक्ट
लसुनको सेवन धेरै फाइदाजनक छ। तर लसुनको प्रयोग सबैका लागि फाइदाजनक नहुन सक्छ। यदी कुनै व्यक्ति अस्वस्थ छ, या कुनै रोगको बिरामी छ भने चिकित्सकको सल्लाह अनुसार मात्र यसलाई आफ्नो खानामा प्रयोग गर्नुपर्छ।
लसुनको अत्यधिक सेवनले पाचन सम्बन्धी समस्या या छालाको एलर्जी पनि निम्त्याउन सक्छ। त्यसैले लसुनको प्रयोग आफ्नो स्वास्थ्य अवस्था र आवश्यकता अनुसार मात्र गर्न जरुरी छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments