
व्यापारीबाट १ लाख ५७ हजार क्वीन्टल चामल किन्दै खाद्य कम्पनी
- चैत्र ९, २०७८ मा प्रकाशित
काठमाडौं: सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले व्यापारीबाट चामल किन्न थालेको छ । सिजनमा किसानबाट न्यून मात्रामा धान किनेको खाद्यले देशभर १ लाख ५७ हजार ५ सय क्वीन्टल चामल किन्न थालेको हो ।
कम्पनीका १० वटा प्रादेशिक र मुख्य शाखामार्फत चामल खरिदका लागि बोलपत्र स्वीकृत गरिएको छ । खाद्यको विर्तामोडस्थित मुख्य शाखाका लागि ५ हजार क्वीन्टल सोना मन्सुली र स्टिम जिरा खरिद गरिँदैछ ।
प्रादेशिक कार्यालय विराटनगरका लागि ४ हजार क्वीन्टल सोना मन्सुली, २ हजार क्वीन्टल स्टिम जिरा मसिनो र १ हजार क्वीन्टल स्टिम रन्जित चामल खरिद प्रक्रिया अगाडि बढेको छ ।
त्यस्तै, मुख्य शाखा लहान र शाखा कार्यालय वीरगन्जका लागि २०/२० हजार क्वीन्टल, प्रादेशिक कार्यालय काठमाडौंका लागि ८ हजार ५ सय क्वीन्टल, प्रादेशिक कार्यालय भैरहवाका लागि ७ हजार क्वीन्टल, मुख्य कार्यालय नेपालगन्जका लागि २३ हजार क्वीन्टल र प्रादेशिक कार्यालय धनगढीका लागि ३७ हजार क्वीन्टल चामल किन्न छुट्टाछुट्टै बोलपत्र स्वीकृत भएको छ ।
प्रादेशिक कार्यालय सुर्खेतका लागि २० हजार क्वीन्टल र मुख्य शाखा तुलसीपुरका लागि ४ हजार क्वीन्टल चामल किनिँदैछ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments