
व्यवसायिक वातावरण हुनुपर्यो, भाटभटेनीले थप ६० अर्ब लगानी गर्न सक्छ : मिनबहादुर गुरुङ
- बैशाख १९, २०८२ मा प्रकाशित

विराटनगर । भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले सरकारले व्यवसायीहरुका लागि लगानीको वातावरण बनाई दिनुपर्ने बताएका छन्। उनले सरकारले वातावरण बनाई दिए औद्योगिक र व्यावसायिक क्षेत्रमा लगानीकर्ता आउने बताए ।
कोशी प्रदेश लगानी सम्मेलनको सन्दर्भमा शुक्रबार विराटनगरमा आयोजित उत्पादन–व्यापारको व्यवसायीकरण र उत्प्रेरणासम्बन्धी छलफल कार्यक्रमका सहभागी विज्ञ तथा उद्यमीले उद्यमशीलता तथा लगानीको वातवारण सरकारले बनाउनु पर्नेमा बताएका हुन् । अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले देशमा लगानीका सम्भावना प्रशस्तै रहेको बताउँदै नीतिगत र व्यावहारिक वातावरण सरकारले बनाउनु पर्ने बताए ।
उनले भने, ‘उद्यम गर्न जमिन, श्रमिक र पूँजी अपरिहार्य वस्तु हुन् । अहिले पनि हाम्रोमा धेरै जग्गा खाली छन् । श्रमिकको उपलब्धता धेरै छ । अनुशासन ठिक छ । यस्तो अवसरलाई उद्यम र औद्योगिक विकासमा लगाउन सरकारले दु्रत गतिमा काम अघि बढाउनु पर्छ ।’ गुरुङले धेरै लगानीकर्ताले कडा परिश्रम गर्न नसक्दा व्यवसाय डुबेको दृष्टान्त पेस गर्दै समूहगत कार्य र तदारुकता व्यवसाय सफलताको सूत्र भएको पनि बताए ।
“नेपालमा लगानीयोग्य पैसाको कुनै कमी छैन । हामी नै अझै ५०–६० अर्ब लगानी गर्न सक्छौँ तर सरकारले व्यावसायिक वातावरण र नीतिगत सहजता सिर्जना गरिदिनुु पर्यो’, उनले भने । भाटभटेनी सुपरमार्केट आफूले श्रीमतीको गहना बेचेर खुद्रा पसलको रुपमा सुरु गरेको अनुभव सुनाउँदै जलविद्युतसम्बन्धी धेरै योजना झोलामा नै रहेकाले अपेक्षित उत्पादन गर्न नसकिएको बताए । उनले अहिले सिमेन्ट उद्योगमा समस्या देखिएको भन्दै बिटुमिनयुक्त सडकको साटो कंक्रिट र रड राखेर स्वदेशी सिमेन्ट प्रयोग गर्न सके सिमेन्टको आन्तरिक खपत बढेर उद्योगलाई राहत पुग्ने सुझाव दिए ।
‘अब साना उद्यमीले भाटभटेनीको परिसरमै निःशुल्क स्टल राखेर समेत आफ्ना उत्पादन बिक्री गर्न सक्नु हुन्छ। काठमाडौंमा यो क्रम सुरु भएको र देशका अन्य आउलेटमा समेत साना तथा घरेलु उद्यमीबाट माग भई आए त्यो अवसर दिन्छौँ, स्वदेशी उत्पादन प्रवद्र्धन गर्न यहीँ उत्पादन भएका वस्तु बिक्रीका लागि राख्ने गरेका छौ’, उनले भने । उद्योग संगठन मोरङका पूर्व अध्यक्ष सुयश प्याकुरेलले ऊर्जाको अभाव बिना औद्योगिक विकास असम्भव हुने भन्दै नीतिगत रुपमा धेरै प्रयास भए पनि तिनको परिणाम के आयो भन्ने प्रमुख विषय भएको बताए ।
नियन्त्रणमुखी कानुन भन्दा पनि निजीक्षेत्र प्रोत्साहित र प्रवद्र्धन हुने कानुन बनाएर लगानीको वातावरण थप्न सकिने बताए । उनले भने, ‘पूर्वाधार र ऊर्जा विकासबिना औद्योगिक विकास असम्भव छ त्यसैले उद्योगमा २४ घण्टा विद्युत उपलब्ध हुने वातावरण बनाइनु पर्छ ।’ उद्योग तथा वाणिज्य मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले औद्योगिकीरण विकासका लागि अब प्रविधिमा अघि बढ्नु पर्ने बताए ।
आयातितको भरमा चलेका उद्योग संकटमा परे पनि स्थानीय कच्चा पदार्थ प्रयोग गरी सञ्चालनमा रहेका उद्योगको अवस्था अहिले पनि मजबुत भएको बताउँदै कार्कीले भने, ‘हाम्रो उद्योग विकासमा कहाँ के कमजोरी भयो भन्ने अध्ययन हुनुपर्छ । अब उद्योग विकासको नयाँ डायनामिक्समा नगई हुन्न । खासगरी इन्डस्ट्री फोरको कुरा गर्दा अब सूचना प्रविधिमा आधारित उद्योगमा ध्यान दिनसके यसबाट फाइदा लिन सकिन्छ ।’ छलफलमा कार्यपत्र प्रस्तुत गर्दै कोशी योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले कोशीमा लगानीका सम्भावित क्षेत्रबारे जानकारी गराएका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख १९, २०८२कोशी लगानी सम्मेलन : ४६ वटा परियोजनामा हस्ताक्षर , १ खर्ब ५२ अर्बको प्रतिबद्धता
-
ताजा बैशाख १९, २०८२व्यवसायिक वातावरण हुनुपर्यो, भाटभटेनीले थप ६० अर्ब लगानी गर्न सक्छ : मिनबहादुर गुरुङ
-
ताजा बैशाख १९, २०८२विद्यालय शिक्षा र संघीय निजामती विधेयक यसै अधिवेशनबाट पारित गरिने
-
ताजा बैशाख १९, २०८२नीति तथा कार्यक्रमबारे डा. बाबुराम भट्टराईको प्रतिक्रिया : पास मात्र, फर्स्ट डिभिजन आएन ‘सरकारले गुणात्मक परिवर्तनको मौका गुमायो’
-
ताजा बैशाख १९, २०८२रेशमलाई पक्राउन पत्र लेख्ने महिमानसिंहलाई चार दिन हिरासतमा राख्न अनुमति
Comments