
वैशाख २७ गते मध्यरातिदेखि मौन अवधि सुरु हुने, उम्मेदवारका सवारीसमेत नचल्ने
- बैशाख २१, २०७९ मा प्रकाशित
इटहरीः बैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनको ४८ घण्टा पहिलेदेखि मौन अवधि सुर हुने र मौन अवधिभरी चुनाव प्रसार प्रसार, कोण सभा जस्ता कार्यक्रम गर्न नपाईने निर्वाचन आयोगले जनाएको छ ।
चुनानी अभियानका लागि घरदैलो कार्यक्रमका सहभागी हुन साथै मतदातालाई प्रभावित पार्ने खालका कुनै पनि काम मौन अवधिभर गर्न नपाईने इटहरी उपमहानगरका निर्वाचन अधिकृत नारायण रिमालले बताए ।
मंगलबार नगरको आचार संहिता अनुगमन समितिको बैंठकमा निमन्त्रण गरिएका दलका प्रतिनिधिहरुसँगको अन्तक्रियामा बोल्दै अधिकृत रिमालले मौन अवधि सुरु भएपछि उम्मेद्वारले अनुमति लिएरै पनि कुनै पनि सवारी साधन समेत चुनावी प्रचारको लागि प्रयोग गर्न नपाउने बताए ।
मतदानको दिन बैशाख ३० गते सार्वजनिक सवारी समेत ठप्प हुने भएकाले टाढाबाट मतदान गर्न आउनेले अघिल्लो दिनै मतदान हुने भुगोलमा आइपुग्नु पर्ने निर्वाचन अधिकृतको कार्यलयको भनाई छ ।
घरदेखि मतदान केन्द्र सम्म अशत्त अपाँगलाई अनुमति लिएर ल्याउन लान सकिने भएता पनि अन्य प्रयोजनका लागि सवारी साधन पुर्णत प्रतिवन्धित हुने निर्वाचन अधिकृतको कार्यलय इटहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments