
वैदेशिक रोजगारमा रहेका नेपालीले आजदेखि स्वास्थ्य परामर्श सेवा पाउने
- चैत्र १५, २०७९ मा प्रकाशित
वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीलाई आजदेखि स्वास्थ्य परामर्श सेवा दिने भएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिफोनमार्फत स्वास्थ्य परामर्श सेवा दिन लागिएको हो।
स्वास्थ्य समस्या पहिचान गरी समाधान उपायबारे जानकारी दिने उद्देश्यले यो सेवा सुरू गरिएको छ। चिकित्सकहरूले नै स्वास्थ्य परामर्श सेवा दिनेछन्।
आज बिहान १० बजेदेखि टेलिमेडिसिन सेवा सुरू गर्न लागिएको हो।
वैदेशिक रोजगार बोर्ड सचिवालयका उपसचिव राजन पौडेलले वैदेशिक रोजगारमा रहेका नेपालीलाई निःशुल्क ‘टेलिमेडिसिन’ सेवा उपलब्ध गराइने बताए।
‘नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूलाई लक्षित गरेर यो सेवा सुरू गर्न लागिएको हो। जसमा ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरको भाइबर, हृवाट्सएप र इमो वा सामाजिक सञ्जालबाट फोन गरेर परामर्श लिन सकिन्छ,’ उनले भने, ‘कसैलाई औषधि आवश्यक पर्ने भयो भने चिकित्सकहरूले औषधिको नाम सिफारिस गरिदिनुहुन्छ।’
सबै प्रकारका बिरामीले विशेषयज्ञहरुसँग परामर्श गर्न सक्ने पनि उनले बताए। ‘तर जसलाई आकस्मिक उपचार आवश्यक छ, उसलाई उपयुक्त हुँदैन,’ उनले भने।
पछिल्लो समय वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई नसर्ने रोगहरुको प्रकोप धेरै देखिएको छ। मुटु, मिर्गौला, बल्डप्रेसरलगायत समस्या देखिएका छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments