
विस्तारवाद मुर्दावाद भन्नेहरू भारतीय शासकको तलुवा चाटेर आउँछन् : पृथ्वीसुब्बा गुरुङ
- चैत्र २३, २०७८ मा प्रकाशित
पोखरा: एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालका राजनीतिक पार्टीहरु देशको रक्षाका लागि नभई भाषणका लागि मात्र खुलेका आरोप लगाएका छन् । ‘हरेक राजनीतिक पार्टीको मुख्य कुरा देशलाई बचाउनुहुन्छ । पार्टी खडा गर्ने देश बचाउनका लागि पनि हो, भाषण गर्न मात्रै त होइन,’ उनले भने, ‘आजसम्म भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद भनिरहेका छन् । यता सडकमा विरोध गर्ने र भारत गएर शासकहरूको तलुवा चाटेर आउनेहरुलाई नांगेझार पार्ने समय चुनाव हो ।’
एमालेले देशको अहितमा हुने त्यस्ता नीति र सोचाइको विरोध गरेको भन्दै जनताले एमालेलाई रोज्ने उनको दावी छ । अहिलेको राजनीतिक परिस्थितिले विकासको अभियान ठप्प भएको भन्दै पुनः आफूहरू सत्तामा आएर निरन्तरता दिने गुरुङको भनाइ छ ।
‘गाउँगाउँमा बाटो पुर्याउने, सिँचाइ पुर्याउने अभियान, पालिका वडावडामा खेल मैदान बनाउने अभियान अवरुद्ध भयो । नेपाली जनताको सपना तुहियो । यो सपनालाई फेरि ब्युँझाउन एमाले लाग्नुपर्छ,’ उनी भन्छन्, ‘सारा युवाहरुको पार्टी एमाले हो । संसारको सपनाको देश अमेरिका भनेजस्तै नेपालमा सपनाको पार्टी नेकपा एमाले हो ।’
एमालेको गण्डकी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सबैले भरोसा गर्न सक्ने पार्टी भएकोले एमालेले चुनाव जित्ने बताए ।‘ज्येष्ठ नागरिकको आशा र भरोसाको पार्टी, युवाहरुको सपनाको पार्टी, ड्रीम पार्टी एमाले हो । मुलुकमा एमालेको सरकार भयो उद्यम खोल्न सक्छौं । आदर्श, समृद्धीको सपना बोकेको पार्टी एमाले बनेको छ । त्यै भएर नेकपा एमालेलाई भोट हाल्नुपर्छ,’ गुरुङले भने । माओवादीले शहिदहरुको सपना चकनाचुर पारेको भन्दै उनले एमालेले लोकतन्त्रलाई आत्मसात गरेको तर्क गरे । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments