
विश्वकप फुटबल : पेनाल्टीमा चुक्यो पूर्व विजेता स्पेन, मोरक्को क्वाटरफाइनलमा
- मंसिर २१, २०७९ मा प्रकाशित
एजेन्सी । पूर्व विश्व विजेता स्पेनलाई पराजित गर्दै मोरक्को कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति पेनाल्टी सुटआउटमा स्पेनलाई पराजित गर्दै मोरक्को क्वाटर फाइनलमा प्रवेश गरेको हो ।निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो । थपिएको समयमा पनि गोल नभएपछि खेलको निर्णय पेनाल्टी मार्फत लिइएको थियो ।
राउण्ड अफ १६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३– ० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम आठमा पुगेको हो । पेनाल्टीमा मोरक्कोका अब्देलहामिद सबिरी, हाकिम जिएच र अच्राफ हाकिमीले गोल गरे । बदर बेनोनले गोल गर्न सकेनन् । पेनाल्टीमा स्पेनका पाब्लो सराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट्सले गोल गर्न सकेनन् ।अब मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगल र स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्नेछ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments