
विवादमा परराष्ट्रमन्त्री खड्का : उद्धार गर्ने नेपाली, धन्यवाद पाउने भारत
- फाल्गुन २५, २०७८ मा प्रकाशित
लण्डन: युक्रेन र रुसको युद्धबाट विस्थापितको उद्धारमा भारत सरकारको सहयोग रहेको नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायले आपत्ति प्रकट गरेको छ ।
मन्त्री खड्काले सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा युक्रेनमा रुसी आक्रमणपछि भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरेको बताएपछि गैरआवासीय नेपाली संघ पोल्याण्डले आलोचना गरेको छ ।
संघले मंगलबार विज्ञप्ति जारी गर्दै अलपत्र नेपालीको भारत लगायत देशले उद्धार गरी पोल्याण्ड लगायत देशमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको भन्ने भनाई आफैँमा प्रमाणविहीन, हास्यास्पद र लज्जाबोध भएको जनाएको छ ।
विज्ञप्तिमा पोल्याण्डको गैरआवासीय नेपाली संघले जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको समेत समन्वयमा युक्रेनमा रहेका १५ जनालाई सुरक्षित रुपमा पोल्याण्ड ल्याएको, २९८ जनाभन्दा धेरै नेपालीलाई पोल्याण्डमा खान, बस्न प्रबन्ध मिलाएको,युक्रेनबाट विस्थापित भएका नेपालीलाई सहयोग गर्न टास्क फोर्स गठन गरिएको उल्लेख छ । संघले एक सय जनाभन्दा बढीलाई आफ्नै व्यवस्थापनमा सहयोग गरिएको जनाएको छ ।

विज्ञप्तिमा युक्रेनमा अलपत्र नेपालीको उत्थानमा नेपाल सरकारले यथोचित ध्यान नदिएको र नेपाली सस्था र समुदायको प्रयासले उद्धार गरिएका नेपालीलाई छिमेकी देशको मद्दतले भएको भन्ने भनाईले सरकारी संयन्त्र नै नेपाली संस्था र गैरआवासीय नेपाली संघमाथि अविश्वास पैदा गरेकाे उल्लेख छ ।
यसअघि गैरआवासीय नपाली संघ र जर्मन, रुसस्थित नेपाली राजदूतहरु रहेको एक उच्चस्तीय समितिमार्फत् नेपालीको उद्धारको थियो । नेपालीको उद्धारका लागि नेपाली संघसंस्था, एनआरएनए, र जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्का सीमा क्षेत्रमा खटिएका थिए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments