
विराट एक्स्पो उद्घाटन गर्दै राष्ट्रपतिले भनिन्,‘विराटनगरले ठूलो सम्भावना बोकेको छ’
- पुष १, २०७९ मा प्रकाशित
बिराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले विराट एक्स्पोको उद्घाटन गरेकी छन् । बिहीबार दिउँसो विराटनगरमा एकसातासम्म सञ्चालन हुने विराट एक्स्पोको उद्घाटन गरेकी हुन् ।एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ देशभित्रनै उत्पादन गर्नुपर्ने बताएकी छन् । देशभित्र सञ्चालित उद्योगका लागि आवश्यक कच्चा पदार्थ देशभित्र नै उत्पादन गर्न सके उद्योग धन्दा सञ्चालनमा सहज हुने उनको भनाई छ ।
विराटनगरले आफ्नो विगतको शाख जोगाउन संघर्ष गरिरहेको बताउँदै उनले औद्योगिक पहिचान बनाएको विराटनगरको शाख गुम्न दिन नहुने बताइन् । ‘औद्योगिक नगरीका रुपमा स्थापित विराटनगर पछिल्लो समय पहिचान कायम राख्न संघर्ष गरिरहेको छ,’ उनले भनिन्,‘यहाँ थप नयाँ लगानी भित्र्याउन उद्योगी व्यवसायीलाई उत्साहित बनाउन सम्बद्ध सबैको ध्यान जान आवश्यक छ। प्रदेश राजधानीसमेत रहेको विराटनगरले आर्थिक क्षेत्र र औद्योगीकरणमा ठूलो सम्भावना बोकेको छ।’
उनले विराटनगरदेखि किमाथाङ्कासम्म कोशी राजमार्ग निर्माणको पूर्णतापछि चीनको बजारसम्म सोझै जोडिन सकिने सम्भावनाको नयाँ ढोका खोलिने बताइन् ।कोभिडपछि शिथिल बनेको आर्थिक गतिविधिलाई नयाँ उत्साहसहित समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन आर्थिक प्रदर्शनीले सहयोग पुर्याउने राष्ट्रपति भण्डारीको भनाई छ ।कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले राष्ट्रपतिलाई ध्यानाकषर्ण गराउँदै संघीय प्रणालीको नाममा केन्द्रीकृत एकात्मक राज्यजस्तो व्यवस्थाले काम गर्न नसकिएको गुनासो गरे । केन्द्रले अधिकार, पैसा दिने र काम भएन भनेर भन्नु अन्यायपूर्ण हुने मुख्यमन्त्री राईको भनाइ छ।
उनले भने,‘अधिकार र बजेट केन्द्रले खिचेर, अँठ्याएर राख्दा प्रदेश सरकार, स्थानीय तहको भूमिका सन्तोषजनक हुन सकेको छैन। तर, महत्वपूर्ण काम विकासमा दामासाहीकरण भएको छ। केन्द्र सरकारले भन्दा प्रदेश सरकारले जिल्ला र स्थानीय तहमा धेरै गुणा योजना र रकम उपलब्ध गराएको छ।’विराटनगरका मेयर नागेश कोइरालाले प्रतिकूल अवस्थामा आयोजित औद्योगिक प्रदर्शनीले उत्साह थपेको बताए। ‘औद्योगिक क्षेत्रका रुपमा विराटनगर दोस्रोबाट छैटौँ स्थानमा पुगेको जाहेर छ,’उनले भने,‘ तर, यसबाट हामी निरास छैनौँ। हामी पुनः पुरानो साख फर्काउन तयार र प्रयासरत छौँ।’
राष्ट्रपति भण्डारीले विद्यार्थी जीवन विराटनगरमा बिताएको स्मरण गराएका मेयर कोइरालाले भने, ‘राष्ट्रपति ज्यूको विराटनगरमा अगाढ माया छ, लगाव छ। उहाँले समेत विराटनगरको विकासका लागि आफ्नो स्थानबाट अहम् भूमिका खेल्नु हुने अपेक्षा छ।’ पुस ६ गतेसम्म हुने प्रदर्शनीमा ३६१ स्टल रहेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments