
विराटनगरमा माैलाउदै ठगीधन्दाको , किर्ते गर्दै गरिबको जग्गा छिन्दै
- पुष १४, २०७९ मा प्रकाशित
विराटनगर । जग्गाधनीले थाहै नपाई जग्गा अर्कैको नाममा पास गराउने ठगीधन्दाका अन्य घटना पनि धमाधम सार्वजनिक भइरहेका छन् ।केही साताअघि सहकारीको नाममा यस्तै ठगीमा सर्वसाधारण परेको घटना नसेलाउँदै एक व्यक्तिबाट ठगिएको अर्को घटना पनि सार्वजनिक भएको छ । मोरङको विराटनगर महानगरपालिका – १४ नयाँ बस्तीकी शान्तिदेवी महतोले १० धुर जग्गा राजीनामा पास गरेर २०७२ असोज २० गते १ लाख ५० हजार रूपैयाँ कर्जा लिइन् ।
काइँली छोरी विरामी भएर उपचारको लागि छिमेकी अम्बिका रायसँग पाँच रुपैयाँ ब्याजमा कर्जा लिएकी थिइन् । कर्जा लिएको एक वर्षपछि ब्याज मात्र शान्तिदेवीले अम्बिकालाई ९५ हजार बुझाइन् । अर्काकोमा बनिबुतो गरेर परिवारको गुजारा चलाउने शान्तिदेवीले समयमै कर्जा तिर्न सकिनन् ।
साँवा रकम समयमै नबुझाएको भन्दै अम्बिकाले शान्तिदेवीको ३६६४ कित्ता नम्बरको १० धुर जग्गा सोही ठाउँकी ५० वर्षीया सुन्दरीदेवी साह गुप्तालाई १ लाख ५० हजारमा ०७३ असार १४ गते बेचिदिइन् । सोही मितिमा गुप्ताको नाममा जग्गा पास भएको देखिन्छ । ३० लाख रूपैयाँ कठ्ठामा कारोबार हुँदै आएको जग्गा १ लाख ५० हजारमा बिक्री गरेको झण्डै एक वर्षपछि मात्र शान्तिदेवीले थाहा पाइन् ।
‘अम्बिकासँग कर्जा लिएको लिएको ब्याज तिरेको थिएँ । साँवा पनि तिरेर जग्गा आफ्नो नाममा ल्याउँछु भन्ने थियो । आफ्नै जग्गा आफैले थाहै नपाइ सुन्दरीदेवीको नाममा पास भएछ । त्यसपछि पनि आफ्नो नाममा जग्गा पाउने आशले ४ लाख ३५ हजार रुपैयाँ ऋण काढेर सुन्दरीदेवीलाई बुझाइसेकेको छु,’ शान्तिदेवीले पत्रकार सम्मेलनमा भनिन्, ‘अहिले पनि जग्गा मेरो नाममा दिएको छैन । अहिले आएर जग्गा खाली गर भन्दै धम्काउने गरेको छ ।’ जम्मा भएको १० धुर जग्गामा सानो छाप्रो बनाएर शान्तिदेवीको सात जनाको परिवार बस्दै आएको छ ।
यस्तै मोरङको जहदा गाउँपालिका ३ का ५४ बर्षीय जोगीन्दर ऋषिदेवले २०७१ सालमा स्थानीय अच्छेलाल राजवंशीसँग एक कट्ठा जग्गा धितो राखेर ३० हजार रुपैयाँ कर्जा लिए । उनले तीन वर्षपछि उक्त रकम फिर्ता गरे । ऋषिदेवले ऋण तिरेको कुनै कागजपत्र लिएनन् । ऋषिदेवको एक कट्ठा जग्गा अच्छेलालले आफ्नो नाममा पास गरी बेचेपछि मात्र थाह पाए ।
विराटनगर महानगरपालिका वडा नम्बर १२ का ७८ वर्षीय लखनलाल मण्डलले २०६८ सालमा विराटनगर १२ मा रहेको न्यू जनता बचत तथा ऋण सहकारी संस्थामा ६८ हजार रुपैयाँ कर्जा लिएका थिए । उनलाई त्यसबेला सहकारीका प्रबन्धक रहेका राजु शर्मा घतानीले ऋण दिएका थिए । सिटी चलाएर आम्दानी भएको र छोराले विदेशबाट पठाएको पैसा जम्मागरी मण्डलले पटकपटक गरेर ६ लाख रुपैयाँ राजुलाई बुझाए । तर, मण्डलले बुझाएको पैसा राजुले सहकारीमा जम्मा गरिदिएनन् । लेखपढ नगरेका मण्डलले राजुलाई बुझाएको पैसाको भौचर पनि लिएनन् ।
‘ऋण लिएको पैसा बुझाएपछि २०७६ माघ १९ गते राजुले जग्गा पास गरिदिने भनेर विराटनगर मालपोत कार्यालय लिएर गयो,’ मण्डलले भने, ‘भने अनुसार ल्याप्चे पनि लगाइदिए ।’
राजुको विश्वासमा परेका मण्डलले आफ्नो नाममा रहेको १७ धुर जग्गा राजुकी श्रीमती सिर्जना खातीको नाममा पास गरे । उनको जग्गाको भाउ अहिले प्रतिधुर पाँच लाख रुपैयाँ छ । अहिले उनले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएर न्याय दिलाउन अनुरोध गर्दे आएका छन् ।
शान्तिदेवी, लखनलाल र जोगिन्दर त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू अहिले आफ्नो नाममा जग्गा दिलाइदिन स्थानीय तहदेखि जिल्ला प्रशासन कार्यालयसम्म हारगुहार गरेका छन् ।
मोरङमा पछिल्लो समय ठगी गरेर कमाउने धन्दा जालोको रूपमा फैलिएको छ । वित्तीय संस्था र सहकारीकै कर्मचारीको बदमासीमा परेर सोझा, निम्न र मध्यम वर्गीय धेरै मानिस लेनदेनको गलत फन्दामा परेका छन् । मोरङमा दुई महिनाको अवधिमा ठगी र मिटर ब्याजविरुद्धका ६४ वटा उजुरी परेका छन् । जसमा नौवटाको छलफल गरेर मिलाइएको छ ।
मिटर ब्याजीहरुले नीतिगत रुपमा दरिलो कागजपत्र तयार गरेर ठगी काम गर्ने गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदप्रसाद पोखरेलले बताए । ‘प्रायले रित पु¥याएर जग्गा राजीनामा पास गर्ने गरेका छन् । कानुनको रित पु¥याएर काम गरेकाले गाह्रो परेको अवस्था छ,’ उनले भने, ‘लेनदेनमा हर कोही सचेत हुन आवश्यक छ ।’ सोझा, निम्न र मध्यम वर्गीय जनतालाई झुक्याएर, किर्ते गरेर, ठगेर, तोकेको भन्दा बढी ब्याज लिनेहरुलाई कानुनी दायरामा लिएर कारर्बाही गर्ने उनले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments