
विराटनगरबाट २२ किलाे गाँजा बरामद, तस्करलाई लखेट्दा प्रहरी घाइते
- जेष्ठ ७, २०८० मा प्रकाशित

विराटनगर । विराटनगरबाट प्रहरीले २२ किलो गाँजा बरामद गरेको छ । शनिबार राति २२ किलो गाँजा बरामद गरेको हो । गाँजा तस्करलाई लखेट्ने क्रममा एक जना प्रहरी घाइते भएका छन् । विराटनगर महानगरपालिका–१८ मुसहरी टोली हुँदै भारततर्फ लगिँदै गरेको लागूऔषध गाँजा नियन्त्रणमा लिन खटिएका प्रहरी सहायक हवल्दार ३१ वर्षीय राजा साह घाइते भएका हुन् ।
प्रहरीलाई देख्नासाथ गाँजा फ्यालेर तस्करीमा संलग्न फरार बनेका थिए । गाँजा फ्यालेर भागेका व्यक्तिलाई नियन्त्रणमा लिनका लागि लखेट्ने क्रममा लडेर साह घाइते भएका हुन् ।खुट्टामा चोट लागेका उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल भर्ना गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
नेपाल–भारत सीमानाका हुँदै भारततर्फ लैजाँदै गरिएको अन्दाजी २२ किलोग्राम गाँजा राति ११ः१५ बजेतिर बरामद गरिएको हो । बोरामा प्याक गरी टाउकोमा बोकेर २ जना व्यक्तिले भारत कटाउने तयारी गर्दैगर्दा विराटनगर–१८ मुसहरी टोलबाट गाँजा बरामद गरिएको उनले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments