
विराटनगरको अवैध मदिरा उत्पादनस्थलमा प्रहरीको छापा
- भाद्र २६, २०७९ मा प्रकाशित
विराटनगर । विराटनगर महानगरपालिका–६ लालीगुराँस टोलस्थित अवैध घरेलु मदिरा उत्पादनस्थलमा आज (आइतबार) बिहान प्रहरीले छापा मारेको छ । वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी दीपेन्द्र पञ्जियार थारु नेतृत्वको टोलीले घरेलु मदिरा उत्पादन र बिक्री गर्दै आएका शुक्रराज राईको घरमा छापा हानेको हो ।
राईको घरबाट तयारी मदिरा एक सय २५ लिटर र घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ एक हजार छ सय लिटर बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मदिरा बनाउन प्रयोग गरिने २५ वटा भाँडा पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध मदिरा र कच्चा पदार्थसहित घरधनी राईलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए । बरामद मदिरा आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments