
विराटनगरका यि आठ ठाउँमा हुँदैछन ट्राफिक लाइट जडान
- फाल्गुन ११, २०७९ मा प्रकाशित
इटहरी । विराटनगरको मुख्य राजमार्ग र बजार क्षेत्रको ट्राफिक व्यवस्थापनको लागि आठ ठाउँमा ट्राफिक लाइट जडान गरिने भएको छ ।ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यका साथ विराटनगरका मुख्य राजमार्ग र बजार क्षेत्रका आठ ठाउँमा ट्राफिक लाइट जडान गरिने भएको हो ।
रोडशेष चौकदेखि राजवंशी चौकसम्मको क्षेत्रमा पाँच ठाउँमा ट्राफिक लाइट जडान गर्ने प्रक्रिया अघि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । ती स्थानमा ६ लेन सडक आयोजना इटहरीले ट्राफिक लाइट जडानको प्रक्रिया अघि बढाएको हो ।
यस्तै बजार क्षेत्रको ट्राफिक चौकदेखि तीनपैनीसम्म तीन ठाउँमा विराटनगर महानगरपालिकाले ट्राफिक लाइट जडान गर्ने तयारी गरेको छ । ६ लेन सडक आयोजनाले मुख्य राजमार्गअन्तर्गत रोडशेष, घाँसचौक, बरगाछी, कञ्चनबारी र राजवंशी चौकमा ट्राफिक लाइट जडान हुनेछ । यस्तै महानगरले जलजला चौक, तीनपैनी र अर्काे ट्राफिक चौक वा अस्पताल चौकमा ट्राफिक लाइट जडान गर्ने तयारी गरिरहेको छ । तत्कालको आवश्यकता ट्राफिक चौक भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने माग गरिएको ट्राफिक प्रमुख कार्कीले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments