
विपद्को कहरः पाँच महिनामा २०३ जनाको मृत्यु, ९६ करोडभन्दा बढीको क्षति
- आश्विन ४, २०७९ मा प्रकाशित
काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि भदौ ३१ गतेसम्मको अवधिमा उक्त जनधनको क्षति भएको हो ।
सो अवधिमा रेकर्डमा आएका १ हजार ७०९ वटा विपद्का घटनामा परी २०३ जनाको मृत्यु, १७ जना बेपत्ता र ४८८ जना घाइते भएका छन् । यस वर्ष विपद्का घटनाबाट २ हजार १८५ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
सबैभन्दा बढी घटना आगलागीका
प्राधिकरणका अनुसार बितेको पाँच महिनामा विपद्मध्ये सबैभन्दा बढी आगलागीका घटना रेकर्ड भएका छन् ।उक्त अवधिमा ८३३ वटा आगालगीका घटना भएका थिए । यस्तै पहिरोका २२८, बाढीका ३७, डुंगा दुर्घटना ३, चट्याङ्का २ सय, सर्पदंश २१, भारीवर्षाका १०६, हुरी बतासका ९५, भूकम्पका ५, जनावर आक्रमणका १२८ र वन डढेंलोका ५३ घटना यस वर्ष रेकर्ड भएको प्राधिकरणले जनाएको छ ।
चट्याङबाट सबैभन्दा बढीको मृत्यु
यसवर्ष विपद्का घटनामध्ये सबैभन्दा बढीको मृत्यु चट्याङ लागेर भएको छ । हालसम्म चट्याङ लागेर ६६ जनाको मृत्यु भइसकेको छ ।प्राधिकरणका अनुसार यसवर्ष पहिरोमा परी ५० जना, बाढीमा परी १३, डुंगा दुर्घटनामा १, सर्पको टोकाइबाट १७ र आगलागीका घटनामा परी २१ जनाको मृत्यु भएको छ ।
यस्तै भारी वर्षाका कारण ५, हुरी बतासका कारण ९, जनावरको आक्रमणका परी २० र वन डढेंलोमा परी १ जनाको मृत्यु भइसकेको प्राधिकरणले जनाएको छ ।यस वर्ष पहिरोमा परी ५ जना, बाढीमा परी ११ र डुंगा दुर्घटनामा १ जना गरी कुल १७ जना बेपत्ता भएका छन् ।
आगलागीका घटनाबाट सबैभन्दा बढी आर्थिक क्षति
पछिल्लो पाँच महिनामा विपद्का घटनाबाट ९६ करोड १४ लाख १७ हजार ४३५ रुपैयाँ बराबरको आर्थिक क्षति राज्यले व्यहोरेको छ ।सो अवधिमा सबैभन्दा बढी क्षति आगलागीका घटनाले गरेको छ । आगलागीका घटनाबाट बितेको पाँच महिनामा ८१ करोड ३८ लाख १७ हजार १६० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।
प्राधिकरणका अनुसार उक्त समयमा पहिरोले ६ करोड ७९ लाख ५१ हजार ७ सय रुपैयाँ, बाढीले १ करोड ३२ लाख ४२ हजार रुपैयाँ, चट्याङबाट ३३ लाख ३२ हजार रुपैयाँ, भारीवर्षाबाट २ करोड ५ लाख ७० हजार १७५ रुपैयाँ, हुरी बतासबाट २ करोड ५४ लाख ११ हजार ८ सय रुपैयाँ, भूकम्पबाट ८ लाख ३० हजार रुपैयाँ, जनावरको आक्रमणबाट ३८ लाख ७७ हजार ६ सय रुपैयाँ र वन डढेंलोबाट १ करोड २३ लाख ८५ हजार रुपैयाँ बारबरको आर्थिक क्षति गरेको छ ।
अघिल्लो वर्षको तुलनामा कम क्षति
अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो पाँच महिनामा विपद्का घटनाले कम जनधनको क्षति गरेको छ ।अघिल्लो वर्ष अर्थात २०७८ वैशाख १ गतेदेखि भदौ मसान्तसम्मको पाँच महिनाको अवधिमा देशभर १ हजार ७९६ वटा विपद्का घटना रेकर्ड भएका थिए ।
गृह मन्त्रालयको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार ती घटनामा गत वर्ष २४८ जनाको मृत्यु, ४३ जना बेपत्ता र ४८८ जना घाइत भएका थिए । सो अवधिमा २ हजार ४०२ परिवार विपद्का घटनाबाट प्रभावित भएका थिए ।
गत वर्षको पहिलो पाँच महिनामा विपद्का घटनाबाट १ अर्ब १ करोड ८ लाख ८८ हजार ८४२ रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments