
विपक्षी दलले बनाए कार्यदल, भोलि पत्रकार सम्मेलन
- माघ २, २०८१ मा प्रकाशित

इटहरी । विपक्षी दलहरूले कार्यदल गठन गरेका छन्। बुधबार बिहान प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको आह्वानमा सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले दुई सदस्यीय कार्यदल गठन गरेको हो। समसामयिक विषयमा विपक्षी दलहरूको लिखित साझा धारणा तयार पार्न उक्त कार्यदल बनाइएको एक नेताले जानकारी दिए।
कार्यदलमा माओवादी केन्द्रको तर्फबाट वर्षमान पुन र नेकपा एकीकृत समाजवादीको तर्फबाट वेदुराम भुसाल रहेका छन्। सरकार स्वेच्छाचारी भएको निष्कर्ष निकालेको बैठकले त्यसको डटेर प्रतिवाद गर्ने निर्णय पनि गरेको छ। त्यसबारे धारणा सार्वजनिक गर्न उनीहरूले भोलि पत्रकार सम्मेलनसमेत आयोजना गर्ने भएका छन्।
पत्रकार सम्मेलनमा जानुअघि विपक्षी दलहरूको लिखित साझा धारणा तयार पार्न उक्त कार्यदल बनाइएको एक नेताले जानकारी दिए। विपक्षी दलहरुको बैठकमा नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी लगायतको बैठकमा सहभागिता थियो।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments