
विपक्षी दलका एजेन्डा पनि पूरा गर्ने नवनिर्वाचित मेयर पौडेलको प्रतिबद्धता
- जेष्ठ ८, २०७९ मा प्रकाशित
इटहरीः इटहरी उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हेमकर्ण पौडेलले विपक्षी दलले उठाएका मुद्वामा पनि आफूले काम गर्ने बताएका छन् ।
संकल्प पत्रमार्फत इटहरीका जनताको आधारभूत आवश्यकता पूरा गर्न आफ्नो महत्वपूर्ण भूमिका रहने उनले बताए ।
संकल्प पत्रमा छुटेका आवश्यकीय कुराहरूलाई इमान्दारीपूर्वक काम गर्ने आफ्नो प्रतिबद्वता रहेको पौडेलले बताए ।
गठबन्धनको तर्फबाट मेयरमा विजयी भएका पौडेल नेपाली कांग्रेस इटहरी नगरसभापति समेत हुन् । उनले पाँच वर्षभित्र नयाँ ढंगले, जनताले चाहेको किसिमले विकास निर्माणका काम गर्ने प्रतिबद्वता व्यक्त व्यक्त गरे ।
एमालेले इटहरी विकासका निम्ति उठाएका घोषणापत्रमा भएका काम पनि आफ्नो प्राथमिकता पर्ने उनको भनाई छ ।
यसअघि मेयरमा विजयी भएमा आफूले बाढी नियन्त्रण, सार्वजनिक शौचालय तथा जनताका आधारभूत आवश्कयता पूरा गर्नका लागि आफूले काम गर्ने बताउँदै आएका पौडेलले निर्वाचनमा विजयी भएपश्चात ती मुद्वा प्राथमिकतामा परेको बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments