•  ९ चैत्र २०८१
  •  12:59:38 AM

विद्यालय शिक्षा र संघीय निजामती विधेयक यसै अधिवेशनबाट पारित गरिने

- बैशाख १९, २०८२ मा प्रकाशित



इटहरी । सरकारले चालु बजेट अधिवेशनबाटै संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक पारित गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। उनले भने, ‘विद्यालय शिक्षा सुधारका लागि कानुनी, नीतिगत र संस्थागत सुधार गरिनेछ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई यसै अधिवेशनबाट पारित गरिनेछ ।’

राष्ट्रपति पौडेलले शिक्षालाई सर्वसुभल, गुणस्तरीय र जीवनउपयोगी बनाउने पनि घोषणा गरे । उनले भने, ‘विद्यालय शिक्षाको शासकीय सुधारको दीर्घकालीन मार्गचित्र तयार गरी पुनसंरचना गरिनेछ । २०८४ भित्र सबै बालबालिकाले आधारभूत शिक्षा पाउने व्यवस्था गरिनेछ ।’ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जित गरिने राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमका रुपमा सञ्चालन गर्ने घोषणा गरिएको छ ।

संघीय निजामती विधेयक यसै अधिवेशनबाट पारित गर्ने
संघीय निजामती सेवा विधेयक यसै अधिवेशनबाट पारित गरिने सरकारले घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

संघीय निजामती सेवा विधेयक अहिले प्रतिनिधिसभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन अवस्थामा छ। उक्त समितिले नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुको नेतृत्वको संयोजकत्वमा गठित उपसमितिले विधेयकमाथीको दफाबार छलफल गरेर प्रतिवेदन समितिलाई बुझाइ सकेको छ। ‘विधेयकमा कुलिङ पिरियड’ एक वर्ष राख्ने कि २ वर्ष राख्ने भन्ने विषयमा विवाद भएपछि समितिले पारित गरेर प्रतिनिधिसभामा पेश गर्न सकेको छैन ।

Comments

सम्बन्धित खवर