
विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिए लेखापाल
- जेष्ठ २०, २०८० मा प्रकाशित

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल आगोले जलिरहेको अवस्थामा भेटिएका छन् । मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाललाई विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा आज (शनिबार) बिहान ६ः५० बजेतिर भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
ढकाल सोही विद्यालयको लेखापाल रहेको खुलेको उनले जानकारी दिए । बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको जानकारी परिवारले प्रहरीलाई दिएको छ । प्रहरीका अनुसार ढकालको घर र विद्यालय नजिकै छ । शरीरमा दन्किएको आगोले पोलेर पीडाले चिच्याइरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्काल घटनास्थल पुगेको प्रहरी र स्थानीयले शौचालयबाट उद्धार गरेर शरीरमा बलिरहेको आगो निभाएको जानकारी डीएसपी दाहालले बताए ।
उनका अनुसार आगोले शरीरका अधिकांश भाग जलेको छ । गम्भीर अवस्थाका ढकाललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ । घटनास्थलबाट चिफ नामक किटनाषक विषादीको बट्टा र पेट्रोलको गन्ध आउने दुईवटा बोतल प्रहरीले फेला परेको छ । घटनास्थलमा भेटिएका बोतलबाट पेट्रोल चुहिरहेको थियो ।
घटनास्थलको प्रकृति हेर्दा सुरुमा किटनाषक विषादी सेवन गरेपछि आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर खन्याउँदै शरीरमा ढकाल आफैले आगो लगाए जस्तो देखिने डीएसपी दाहालले जानकारी दिए । उनले भने, ‘घटना कसरी भयो भन्ने बारेमा यकिन भइसकेको छैन । तर, विषादी सेवनपछि पेट्रोल खन्याएर शरीरमा आफैंले आगो लगाई आत्महत्याको प्रयास गरेको हुनसक्छ ।’
घटनाको करण पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको दाहालले बताए । उनका अनुसार प्रहरी घटनास्थल पुग्दा विद्यालयको लेखा शाखा खुल्लै थियो । ढकालले प्रयोग गर्दै आएको प्रदेश १–०२–०४३ प २४४९ नम्बरको मोटरसाइकल शौचालय नजिकै फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विद्यालयको लेखा परीक्षण शनिबार राखिएको रहेछ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments