
वित्तीय ऋणको प्रभावमा परेको परिवारको कथामा ‘कौसीद’
- चैत्र १, २०७८ मा प्रकाशित
काठमाडौं: अभिनेत्री ऋचा शर्मा स्टारर फिल्म ‘कौसीद’ले अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ ।
सोमबार सार्वजनिक पोस्टरमा आगामी २७ जेठमा फिल्म प्रदर्शन हुने जनाइएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री शर्मा पैसालाई अंगाल्दै देखिन्छिन् । वित्तीय ऋणको प्रभावमा परेको परिवारको कथा बोल्ने फिल्मको केन्द्रीय द्वन्द्व पैसाकै वरिपरि घुमेको पोस्टरले भान दिन्छ ।
कुमार भास्करको निर्देशनमा बनेको फिल्ममा ऋचासँगै भोलाराज सापकोटा, रूपेश दाहाल, परिक्षित विक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भूमिकामा छन् ।
केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सहनिर्मातामा लक्ष्मण बानियाँ छन् । फिल्मको कथा लेखन नवविजयप्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि. गुरुङ र भीम विश्वकर्माको सम्पादन छ । बड पिक्चर्सको ब्यानरमा फिल्म ‘कौसीद’ निर्माण भएको हो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments