
वराहक्षेत्र महेन्द्रगेट –बसपार्क सडक बिस्तार : मेयरको निर्णय विरुद्ध स्थानीय आन्दोलित
- पुष ४, २०८० मा प्रकाशित

आफ्नोलाई जोगाएर अरूलाई अन्याय गरेको आरोप , अघिल्लो कार्यकालको निर्णय उल्टाइयो
इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिका ६ महेन्द्र गेट देखि चक्रघट्टी बसपार्क सम्म सडक बिस्तार गर्ने योजना विवादित बनेको छ । नगरपालिकाका मेयर रमेश कार्कीले आफू र आफ्नोलाई जोगाएर अरूलाई अन्याय पूर्वक सडक मापदण्ड तोकेको भन्दै स्थानीयहरू आन्दोलित बनेका हुन ।
मेयर कार्कीले आफ्नो घर छेउ छाउ ६३ फुट सडक मापदण्ड कायम गरेर अरूकोमा ८२ फुट राखी ड्राेजर चलाउने चेतावनी दिएपछि स्थानीयहरू आन्दोलित बनेका हुन । अघिल्लो कार्यकालका मेयर निलम खनालले सो सडकको मापदण्ड ६० फिट कायम गरी एक तर्फ ड्रेन समेत निर्माण गरिसकिएको छ ।
पूर्व मेयर खनालले गरेको निर्णय नियम विपरीत रहेको भन्दै वर्तमान मेयर रमेश कार्कीले आफूखुसी निर्णय गरेर स्थानीयहरूको घरमा डोजर चलाउन लागेको पीडितहरूले बताएका छन् । मेयरको यो निर्णय विरुद्ध वराहक्षेत्र नगरपालिका वडा नं ६ का स्थानीयहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।करिब ६सय मिटर सडक मर्मत गरिदा ६ ठाउँ मापदण्ड फरक फरक बनाएपछि स्थानीय आन्दोलित बनेका हुन ।
मेयर कार्कीको घर भएको स्थानमा ६३ फुट कायम गरिएको छ भने २सय मिटर पर नपुग्दै ८२ हुँदै र चक्रघट्टी बसपार्क सम्म पुग्दा ६ वटा मापदण्ड तयार पारेर काम अघि बढाइएको छ । आन्दोलनमा उत्रिएका स्थानीय नवीन गौतमका अनुसार कुनै ठाउँ ६३, कुनै ६५,कुनै ८०,८१,८३ र ८५ फुट कायम गरेर मनपरिढंगले सडक बनाउन लागिएको छ ।
सबै स्थानमा सडक बनाउँदा एकै मापदण्ड कायम हुनुपर्ने आफूहरूको माग रहेको गौतम बताउँछन् । नगरपालिकाको निर्णयले स्थानीयहरू मार्कामा परेको भन्दै गौतम सहित अन्य विगत ३ दिन देखि अनसन बस्दै आएका छन् । आफूहरूको माग पुरा नभए सशक्त आन्दोलन चर्काउने स्थानीयहरूले चेतावनी दिएका छन् । सडक मापदण्ड सबै ठाउँ एकै नाशको हुनुपर्ने , सबैतिर एउटै मापदण्ड लागु गरिनुपर्ने , सडक बनाउँदा नालाको मापदण्ड सार्वजनिक गरिनुपर्ने र अन्यायपूर्वक बनाइएको नियम तत्काल फिर्ता हुनुपर्ने माग राख्दै अनसन सुरु गरेका छन् ।
यता वराहक्षेत्र नगरपालिका वडा नं ६ का वडाध्यक्ष उद्धव पोख्रेल सँग सम्पर्क गर्दा उनले कार्यपालिकाबाटै निर्णय भएकोले आफू केहि बोल्न नमिल्ने बताए । उनले जुन स्थानको सडक मर्मत गरिनुपर्ने हो सो ठाउकाे जनताहरूको माग पनि सुन्नुपर्ने सुझाव राखे । यता वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की सँग सम्पर्क गर्दा उनले आफूलाई लागेको आरोप सबै कपोकल्पित रहेको बताए ।उनले ग्रामीण सडकलाई सहरी सडक बनाउने योजना विफल बनाउन स्थानीयले आफूमाथि हुँदै नभएको आरोप लगाएको पनि बताए ।
महेन्द्र गेट देखि मुनाल चौक सम्म सडक अतिक्रमण भएको बताउँदै मेयर कार्कीले ती सबै घरहरू हटाउन पटक पटक सूचना समेत प्रकाशन गरिसकेको बताए । उनले मापदण्डभित्र आफ्नो घर परेको छ भने सुरुमा आफ्नै घर भत्काएर सडक मर्मत गर्ने पनि भनेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments