
वडाध्यक्ष कोष बनाई विपन्नको उपचार गर्ने इटहरी १७ का एमाले उम्मेदवार आचार्यको योजना
- बैशाख २४, २०७९ मा प्रकाशित
इटहरीः आसन्न स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिका वडा नं. १७ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका प्रभातकुमार आचार्यले नेकपा एमालेको सुखी नेपाली समृद्ध नेपाल नारा नै मूल नारा भएको बताउँदै आफूले पनि राम्रो काम गर्ने बताएका छन् ।
उनले प्रत्येक टोलमा एउटा चौरको व्यवस्था गर्ने योजना रहेको पनि बताए । यस्तै, अति विपन्न परिवारलाई वडाध्यक्ष कोष खडा गरेर निःशुल्क स्वास्थ्य बिमा गर्ने योजना उनको छ । जनताको आवश्यकता अनुसार गुरुयोजना बनाएर काम गर्ने उनले प्रतिबद्धता जनाए । अहिलेको वडाध्यक्षले नगरबाट आएको बजेट मात्र खर्च गरेर विकास गरेको तर आफूले केन्द्र र प्रदेशबाट पनि बजेट ल्याएर आवश्यकता अनुसार काम गर्ने बताए । उनले ५ वर्षपछि १७ नं. वडाको मुहार फेर्ने विश्वास दिलाए ।
पहिलेको वडाध्यक्ष प्रति स्थानिय सन्तुष्ट नभएका कारण पनि उनी आफूले चुनाव जित्नेमा विश्वस्त रहेको बताउँदै स्थानियलाई मतदान गर्न आग्रह गरे । स्कुले जीवनदेखि नै राजनितिक यात्रा सुरु गरेका उनले २०४३ सालमा गाउँ कमिटी नेकपा एमालेको संस्थापक सचिव भएर काम गरे । केही समय जागिरको सिलसिलाले उनी राजनीतिबाट टाढा भए । स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट टिकट पाएपछि उनी चुनावी अभियानमा होमिएका हुन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments