
वडाका मुख्य चौकमा निःशुल्क वाइफाइ दिने माओदावी केन्द्र रामधुनीको प्रतिवद्धता
- बैशाख २६, २०७९ मा प्रकाशित
इटहरीः नेकपा माओवादी केन्द्र रामधुनीले वडाका मुख्य चोकमा निशुल्क वाईफाईको व्यावस्था गर्ने देखि लिएर सुचनाको हकलाई सम्बोधन गर्न डिजिटल सुचना पार्टी बनाउने सम्मको प्रतिवद्धता अघि सारेको छ ।
पार्टीको रामधुनी नगरकमिटीले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा सुशासन, समृद्धि, कृषि, शिक्षा, पर्यटन खेलकुद र सामाजिक सुरक्षाका विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
स्थानीय स्तरमा गठबन्धन नगरी एकल उम्मेद्वारी दिएको माओवादीले सबै नगरबासीको स्वास्थ्य बिमा गरी स्वास्थ्यमा सहज पहुँचको निर्माण गर्ने , वडा नम्बर ५ मा रहेको कोभिड अस्पताललाई स्तरोन्नती गरी ५० शैयाको अस्पताल बनाउने देखि लिएर गाउँ र बजारका मुख्य चौकमा प्रसोधित स्वच्छ खानेपानीको व्यवस्थागर्ने समेत बताएको छ ।
पालिकाका मुख्य चोकमा सार्वजनिक सौचालय निर्माण गर्ने देखि लिएर शिक्षाका क्षेत्रमा कक्षा १२ सम्मको शिक्षा निशुलक गर्ने , नगरभित्रका प्रत्येक विद्यालयहरुमा एसइइमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साहन स्वरुप साइकल वितरण गर्ने प्रतिवद्धता समेत सार्वजनिक गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments