
वडाको सेवा जनमुखी बनाउने इटहरी वडा नं. १ का एमाले उम्मेदवार राईको प्रतिबद्धता
- बैशाख २४, २०७९ मा प्रकाशित
इटहरीः इटहरी उपमहानगरपालिका वडा नं. १ मा एमाले तर्फबाट वडाध्यक्ष पदमा विजय राईले आफू वडाध्यक्षमा उम्मेदावरी दिंदै गर्दा सडक ढल डुवान क्षेत्रको निकाश, बिजुली, खानेपानी, शिक्षा क्षेत्र, धार्मिक पर्यटकिय क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दलित, पिछडिएका वर्गहरुको उत्थान, कृषि क्षेत्रलाई प्रोत्साहन, सुशासनको अनुभूति गराउने र वडाबाट भ्रष्टाचार रहित चुस्तदुरुस्त सेवाहरु दिने योजना रहेको उनले बताए । वडाध्यक्षको मृत्यु भएका कारण अन्यले बडा चलाउनु परेको बताउँदै अहिले घरदैलो कार्यक्रममा हिड्दै गर्दा आफूले विकासको अनुभूति नपाएको बताए । उनी आफू जित्नेमा पूर्ण विश्वस्त रहेको बताउँछन् । आफ्नो प्रतिवद्धता घोषणाको आधार, जनताको घरदैलोमा जाँदा उनीहरुको प्रतिक्रिया नै जितको बलियो आधार भएको उनले बताए ।
उनले भ्रष्टाचार रहित यहाँको सम्मुनत समाजको विकासको निम्ति अगुवाइका साथ उम्मेदवारी दिएको बताए । उनले २०३५, ३६ सालदेखि राजनितिक यात्रा सुरु गरेका उनले स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को सभापति सम्हाले । स्ववियू सुनसरी जिल्ला कमिटीको सदस्य भएर दुई कार्यकाल काम गरे । उनले २०४३ सालमा नेपाल कम्यूनिष्ट पार्टी र नेपाली कांग्रेसको संयुक्त पञ्चाधराउ अभियानमा पञ्चायत कालमा दुई वटैको जनपक्ष उम्मेदवार भएर हाँसपोसा गाउँ पञ्चायतको वडासदस्यमा निर्वीरोध निर्वाचित भएर जनताको सेवा गरे ।
अशोक राईको नेतृत्वमा सुनसरी जिल्ला कमिटी भातृ संगठन नेपाल किसान संगठनको कोषाध्यक्ष र सचिवको पदमा रहेर समेत काम गरेका उनले ४५ सालको जनआनदोलनमा सक्रिय भूमिका निर्वाह गरे । नेकपा एमाले मदन भण्डारीको नेतृत्वमा घोषणा भइसकेपछि उनी एमाले हाँसपोसा गाउँ कमिटीको सदस्य रहेर काम गरे । उनले नेकपा एमाले १ नं. वडा कमिटीको सदस्य, नेकपा एमाले उपमहानगरपालिकाको नगर समितिको सदस्य तथा सचिवालय सदस्य, १ नं. वडाको सह इञ्चार्ज भएर काम गरिसकेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments