
लेटाङ नगरपालिकाद्वारा बिशेष व्यक्ति तथा विद्यालयलाइ सम्मान
- असार ३०, २०७९ मा प्रकाशित
लेटाङ । मोरङको लेटाङ नगरपालिकाले ११ औं नगरसभाको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्ति तथा विद्यालयलाई सम्मान गरेको छ । नगरपालिकाले नगरको उत्कृष्ट विद्यालय, उत्कृष्ट कृषक र चर्चित मूर्तिकारलाई सम्मान गरेको हो ।
नगरपालिका भित्रका सामुदायीक विद्यालयहरुमध्ये सिकाइ क्षमतामा सबैभन्दा उच्च अंक हासिल गर्न सफल लेटाङ २ स्थित लक्ष्मी माध्यमिक विद्यालयलाई नगद २ लाख सहित सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेरम्बराज भट्टराई, प्रधानाध्यापक राजेन्द्र खतिवडा, सहायक प्रधानाध्यापक देवराज सापकोटा लगायतले सम्मानपत्र ग्रहण गर्नुभयो । यस्तै मेयर उत्कृष्ट कृषक पुरस्कार २०७९ बाट ३ वटा कृषि फर्मलाई नगद रु ३० हजारसहित सम्मान गरिएको छ ।
सम्मानि हुनेहरुमा लेटाङ २ स्थित हातेमालो कृषि तथा पशुपन्छी ह्याचरी फमका राधा दाहाल, लेटाङ ३ स्थित पुष्प स्मृति कृषि नर्सरीका आनन्द सागर तिम्सिना र लेटाङ ३ कै ललितकला कृषि फर्मका ललित श्रेष्ठ रहेका छन् । यसैगरि नगरपालिकाले लेटाङ २ घर भइ लामो समयदेखि मूर्तिकलामा कृयाशील चर्चित मूर्तिकार नवीन सुवेदीलाई समेत सम्मान गरेको छ ।
मूर्तिकलाको क्षेत्रबाट नगर तथा देशलाई चिनाउन योगदान दिएको भन्दै नगरपालिकाले सुवेदीलाई सम्मानपत्र सहित दोसल्ला ओडाएर सम्मान गरेको छ । सम्मान कार्यक्रममा नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे लगायतले सबै व्यक्तिहरुलाई सम्मान गर्नुभयो । कार्यक्रममा सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, वडासदस्यहरु, सम्मानित व्यक्तित्वहरु तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments