
लेटाङ्ग नगरपालिकाको बजेट ७४ करोड ३१ लाख, भाैतिक पूर्वाधार विकाशलाइ प्राथमिकता
- असार ११, २०७९ मा प्रकाशित
इटहरी । उत्तरी मोरङ्गको लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ७४ करोड बढीको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरले चालु आर्थिक वर्षको भन्दा करिब १६ करोड कम बजेट ल्याएको हो । आज शुक्रबार नगरसभा मार्फत् नगरपालिकाले ७४ करोड ३१ लाख ३९ हजार ४ सय ८० रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम ल्याएको हो ।
चालु आर्थिक वर्षका लागि नगरपालिकाको बजेट ९० करोड ८६ लाख २७ हजार रुपैयाँको आय व्यय प्रस्तुत गरेको थियो । नगरपालिकाले कुल बजेटमध्ये संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदानतर्फ ३८ करोड ६२ लाख ८६ हजार विनियोजन गरेको छ । सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानका लागि छुट्याइएको छ ।
उता, पूर्वी मोरङ्गको उर्लाबारी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा वडास्तरीय ३ लाख र नगरपालिकास्तरीय ५ लाख भन्दा माथिका योजना मात्र बनाउने भएको छ । नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा शुक्रबार सम्पन्न आठौं नगरसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख मिना खतिवडा पौडेलले सो नीति अवलम्बन गर्ने बताएकि हुन । सडक लगायत भौतिक पूर्वाधारको निर्माण दिगो र गुणस्तरीय हुने गरी निर्माण गरिने भएको हो ।
दीर्घकालीन रुपमा लाभ लिन सकिने ठूला प्रकृतिका योजना लगायत नगरका गौरवका योजनाहरुको तर्जुमा र कार्यान्वयनमा प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकाभित्र तालिम प्राप्त जनशक्तिबाट मात्र भौतिक संरचना निर्माण गर्ने नीति नगरपालिकाले लिने भएको छ ।
नगरपालिकाले कृषि विकास, सिंचाई, पशुंपक्षी सेवा, पर्यटन विकाश, सहकारी क्षेत्रको सुदृढिकरण, रोजगार प्रबद्र्धन, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाई, शिक्षा, महिला बालबालिका अपांगता तथा जेष्ठ नागरिक, आदिवासी जनजाति दलित मधेशी मुस्लिम तथा पिछडावर्ग, युवा तथा खेलकुद विकास, जनसंख्या व्यवस्थापन, सामाजिक सुरक्षा कार्यक्रम, भौतिक पुर्वाधार, बिधुत तथा बैकल्पिक उर्जा, बस्ती विकाश तथा शहरी पुर्वाधार, लागत सहभागिता, विपद् व्यवस्थापन, नदी नियन्त्रण तथा भू–संरक्षण, वन वातावरण तथा जलवायु परिवर्तन, फोहोर मैला व्यवस्थापन, राजश्व, सूचना प्रविधि तथा अभिलेख व्यवस्थापन, आर्थिक प्रशासन, विविध र विविधि शिर्षकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
नगर सभाको सुरुमा नगर प्रमुख खरेलले बैशाख ३० गते संम्पन्न भएकोे स्थानिय तहको निर्वाचन सफल बनाउन सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै सहमति र सहकार्यका साथ अघि बढ्ने उद्घोष गर्नुभयो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments