
लेटाङमा फुटबल हेर्न गएका तीन बालिका सम्पर्कविहीन
- भाद्र २६, २०७९ मा प्रकाशित
इटहरी । मोरङको लेटाङमा फुटबल हेर्न गएका तीन बालिका सम्पर्कविहीन भएका छन् ।शनिबार बिहान ११ बजेतिर घरबाट हिँडेका लेटाङ नगरपालिका–३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ–४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राई बेपत्ता भएका हुन् ।
उनीहरु तीनै जना स्थानीय शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत छन् ।प्रहरीका अनुसार उनीहरु फुटबल हेर्न जाने भन्दै घरबाट निस्किएका थिए । तर, गाउँमा खेलकुदका कुनै प्रतियोगिता नभएको प्रहरीले बताएको छ ।
उनीहरुको खोजी कार्य तीव्र बनाए पनि फेला पार्न नसकिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए । प्रहरीमा ढिलो गरी जानकारी आएकाले खोजिमा समस्या भएको प्रहरीले बताएको छ । आफूहरुले आइतबार बिहान ६ बजेतिर मात्र जानकारी पाएको श्रेष्ठले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments