
लुम्बिनीमा मंगलबारदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप
- चैत्र २०, २०७८ मा प्रकाशित
बुटवल: लुम्बिनी प्रदेशमा २२ चैत अर्थात मंगलबारदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । प्रदेशमा खोप लगाउनुपर्ने १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकाको जनसंख्या १३ लाख छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले लुम्बिनीमा १३ लाख १३ हजार ९८९ लाई टायफायडोीरुद्धको खोप लगाउने तयारी भएको जानकारी दिए ।
उनले टाइफाइडबाट बच्नका लागि थाइपोइड खोप लगाउने तयारी भएको जानकारी गराए । उनले भारतमा उत्पादित खोपको प्रभावकारिता ९६.९५ प्रतिशत रहेकोले डर नमानी खोप लगाउन आग्रह गरे ।
खोप अभियान २८ चैतसम्म सञ्चालन हुनेछ । विद्यार्थीको वार्षिक परीक्षा भएकोले वैशाख अघि नै खोप अभियान सकिने स्वास्थ्य निर्देशनालयले जनाएको छ । दूषित पानीको कारणले लाग्ने टाइफाइड, अस्पताल भर्ना हुनेको कारणमध्ये चौथो कारण भएकोले अभियान नै सुरु गरेर कार्यक्रम गर्न लागिएको स्वास्थ्य निर्देशनालय लुम्बिनीका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए ।
यो अभियान पहिलो पटक चलेको बताउदै आगामी दिनमा नियमित लगाउन मिल्नेगरी अगाडि बढिने उनको भनाइ छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments