
लाइपजिक, रेन्जर्ससँगै बेस्ट ह्याम ४६ वर्षपछि सेमिफाइनलमा
- बैशाख २, २०७९ मा प्रकाशित
काठमाडौं: युईएफए युरोपा लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार राति भएका खेलसँगै अन्तिम चारमा पुग्ने चार टोलीको टुंगाे लागेको हो ।
त्यस क्रममा वेस्ट हमले ४६ वर्ष पछि युरोपियन प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।
वेस्ट हमले क्वार्टरफाइनल दोस्रो लेगमा लियोनलाई ३-० ले पराजित गर्याे । समग्रमा वेस्ट हम ४-१ ले विजयी भयो । पहिलो लेगमा यी दुई टोलीले १-१ को बराबरी खेलेका थिए ।
जितसँगै बेस्ट ह्यामले फ्रयांकफर्टसँगको सेमिफाइनल भेट पक्का गरेको छ । फ्रयांकफर्डले राति क्याटलन क्लबलाई समग्रमा ४-३ ले पराजित गर्याे ।
त्यस्तै, एट्लान्टालाई निराश पार्दै जर्मन बुन्डेसलिगाको क्लब आरबी लाइपजिकले पनि युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।
बिहीबार सम्पन्न क्वार्टरफाइनल दोस्रो लेगमा लाइपजिकले २-० को जित निकाल्यो । पहिलो लेगमा १-१ को बराबरी खेलेको लिपजिक समग्रमा ३-१ को जितसहित अन्तिम चारमा प्रवेश गरेको हो ।
रेन्जर्सले युरोपा कपको सेमिफाइनलमा स्थान बनाउने क्रममा एसी ब्रागालाई दोस्रो लेगमा ३-१ ले हरायो । पहिलो लेगमा १-० को जित निकालेको ब्रागाले दोस्रो लेगमा भने अग्रता कायम राख्न सकेन । रेन्जर्सले समग्रमा ३-२ को नतिजाका निकाल्यो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments