
ललितपुरमा ५७ लाख खर्च गरेर शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप दिइँदै
- चैत्र २३, २०७८ मा प्रकाशित
ललितपुर: स्वास्थ्य कार्यालय ललितपुरले ५७ लाख खर्च गरेर जिल्लाभर टाइफाइडविरुद्धको खोप लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्टका अनुसार जिल्लाका ६ वटै स्थानीय तहमा चैत २५ देखि वैशाख ८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।
उनले भने, ‘खोप अभियानका लागि हामीले पाएको बजेट ५७ हजार हो । यो बजेट सबै खर्च हुन पनि सक्छ । नहुन पनि सक्छ ।’
सरकारको १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी उक्त खोप कार्यक्रम अनुसार ललितपुरमा पनि यो खोप अभियान सुरु गर्न लागेको हो ।
स्वास्थ्य कार्यालय प्रमुख विष्टका अनुसार ललितपुर महानगर, महालक्ष्मी र गोदावरी नगरपालिकामा चैत २५ गतेदेखि चैत ३० गतेसम्म र कोन्ज्योसोम, बागमती र महांकाल गाउँपालिकामा वैशाख ४ गतेदेखि वैशाख ८ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ ।
उनका अनुसार वालवालिकाहरुलाई खोप दिनका लागि अभिभावक उपस्थित हुनु पर्ने वा लिखित सहमती आवश्यक पर्ने बताए । धेरै बालबालिका विद्यार्थी रहेकाले विद्यालयहरुमा खोप केन्द्र सञ्चालन हुनेछन् ।
विद्यालय नजाने सम्भावित ठाउँमा पालिकाहरुको समन्वयमा छुट्टै खोप केन्द्र समेत सञ्चालन गरिने विष्टले बताए । उनले भने, ‘इटाभट्टा र गलैँचा, कपडा कारखानालगायत विभिन्न ठाउँबाट आएर श्रम गरिरहेका ठाउँलाई लक्षित गरेर खोप अभियान सञ्चालन हुनेछ ।’
देशभर ७५ लाख बालबालिकालाई खोप दिइने लक्ष्यका साथ सुरु हुने अभियानमा ललितपुरमा भने १ लाख ३१ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको विष्टले बताए । उनले भने, हामी ९५ प्रतिशतलाई खोप दिन्छौं ।’
अभियानका लागि जिल्लामा २ सय ४० जना स्वास्थ्यकर्मी र १ हजार ४ सय स्वास्थ्य स्वयंसेविकालाई तालिम दिइएको छ भने विद्यालयका शिक्षिकालाई समेत खोप अभियानमा समावेश गरिने कार्यक्रम छ । विष्टले खोप लगाएपछि साइड इफेक्ट समेत हुनसक्ने अवस्थालाई मध्येनजर गरेर स्वास्थ्यकर्मीको छुट्टै व्यवस्था गरिएको छ ।
जिल्ला स्तरीय खोप समन्वय समितिका सदस्यसचिव पार्थमणि न्यौपानेले यसअघि पाटन अस्पतालमा यो खोप लगाइसकेकाले खोप लगाउनु नपर्ने बताए । उनले भने, ‘अन्य ठाँउबाट लागाएको भएचाहीँ अनिवार्य लगाउनुपर्छ ।’
विश्व स्वास्थ्य संगठनले टाइफाइडविरुद्धको खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशमा प्रयोगका लागि सिफारिस गरेको छ । यो खोप अभियानसँगै टाइफाइड खोपको अभियान शुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो देश रहेको उनले बताए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments