
ललितपुरमा प्रर्दशनीस्थल निमार्ण गर्न महिला उद्यमीहरूको माग
- फाल्गुन २५, २०७८ मा प्रकाशित
ललितपुर: महिला उद्यमीहरूले ललितपुरमा आफूहरूले उत्पादन गरेको सामान बिक्री वितरणका लागि प्रर्दशनी स्थल निर्माण गर्न माग गरेका छन् ।
११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा महिला उद्यमी महासंघकी वासन्ती प्रधानले आफूहरूले उत्पादन गरेको नेपाली सामान बिक्री तथा प्रर्दशनका लागि स्थायी प्रकृतिको प्रर्दशनी स्थल नभएको बताइन् ।
उनले भनिन्, ‘पाटन बसन्तपुरमा पर्यटकहरूलाई विभिन्न सरसामान बिक्री गरिन्छ । तर, त्यो सामान नेपाली हो होइन हामी एकिनका साथ भन्न सक्दैनौं । त्यसैले नेपाली सामान बिक्री प्रर्दशनका लागि स्थायी प्रर्दशनी स्थल निर्माण गर्न हामी माग गछौं ।’
कार्यक्रममा बोल्दै ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले आफूले ललितपुरमा बनेका सामान प्रर्दशनीका लागि प्रर्दशनी स्थल बनाउने बताए । उनले भने, ‘ललितपर महानगर परिसरमै यो प्रर्दशनी स्थल बनाउन सकिन्छ ।’
यद्यपि, मेयर महर्जनले लामो समयदेखि प्रर्दशनी स्थल निर्माण गर्ने बताए । उपमेयर गिता सत्यालले महानगरको कार्ययोजनामा प्रर्दशनी स्थल निर्माण गर्ने उल्लेख भए पनि काम भने नभएको स्वीकार गरिन् ।
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले हस्तकला नगर पाटनमा प्रर्दशनी स्थल नहुनु दुखद्को रहेको उल्लेख गर्दै प्रर्दशनी स्थल नहुँदा बजार प्रवर्द्धनमा अप्ठ्यारो परेको बताइन् ।
ललितपुरउद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले संघ सधै महिला उद्यमीहरूको साथमा रहेको बताउँदै ललितपुरमा लामो समयदेखि प्रर्दशनी स्थलको माग गरे पनि अहिलेसम्म माग पूरा नभएकोमा दुःख व्यक्त गरे ।
सिभिल बैक एसएमई प्रमुख किरण खड्काले बैंकले महिला उद्यमीहरूलाई सहुलीयत कर्जा दिएको बताउँदै उत्पादनमुलक उद्यम गर्ने बैंकले सधैँ सघाउने बताए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments