
लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिवद्ध छ : श्रममन्त्री श्रेष्ठ
- चैत्र ६, २०७८ मा प्रकाशित
काठमाडाैं: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपाली बिजनेस काउन्सिल, दुबईका पदाधिकारीहरुले भेटवार्ता गरेका छन् । मन्त्री श्रेष्ठ संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा छन् ।
काउन्सिलका अध्यक्ष डा असिफ अली सिद्दिकी नेतृत्वमा नेपाली व्यवसायीहरुले मन्त्री श्रेष्ठसँग वैदेशिक रोजगारीसँगै विदेशमा नेपाली उत्पादन र सेवाको बजार विस्तार गर्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताए ।
वैदेशिक रोजगारमा जाने अदक्ष श्रमिकहरूले विभिन्न समस्या झेल्दै आएको भन्दै आवश्यक सीप–दक्षताको विकासमा पनि सरकारले ध्यान दिनुपर्ने बताए ।
मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र व्यवस्थित र सुरक्षित गर्न आफु प्रयत्नशील रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले विदेशमा नेपालीले आर्जेको सीप र पूँजी नेपाल भित्र्याउन सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । नीतिगत र व्यवहारिक पक्षमा लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।
व्यवसायीले युएईमा भिजिट भिसाबाट सिर्जित समस्याको उपचारमात्र होइन, निर्मुल नै पार्नुपर्ने बताएका थिए । भिजिट भिसासम्बन्धी समस्या समाधानका लागि युएई सरकारसँग मिलेर काम गर्ने बताउँदै मन्त्री श्रेष्ठले सकेसम्म युएईमै रोजगारी, ओभरस्टे भएर धेरै शुल्क बुझाउनुपर्ने भएकालाई मिनाहा गर्न र नेपाल लैजानैपर्नेलाई उद्धारमा सहयोग गर्ने प्रतिवद्धता युएई सरकारले जनाएको बताए। -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments