
रौतहटमा मेयरको नाममा एसईई दिइरहेका ज्वाइँ परीक्षा हलबाटै पक्राउ
- चैत्र १९, २०७९ मा प्रकाशित

रौतहट । रौतहटका एक नगरपालिकाका प्रमुखको नाममा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुका ज्वाइँ गरुडा नगरपालिका–६ पोठियाही बस्ने ३० वर्षीय कमल साह छन् । मेयर कानुको सट्टामा एसईई परीक्षा दिँदै गरेका उनका ज्वाइँ समेत रहेका साहलाई परीक्षा अनुगमन टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो ।
जिल्ला शिक्षा समन्वय इकाइ रौतहटका प्रमुख रामविनय कुमार सिंहले उनी पक्राउ परेको पुष्टि गरेका छन् । मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा भइरहेको एसईईमा आइतबार दोस्रो दिनको परीक्षामा नियमिततर्फ सिम्बोल नम्बर–३५०३७२८ का विद्यार्थी नगर प्रमुख प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमललाई अनुगमन टोलीले पक्राउ गरेको हो ।
ससुराको सट्टामा परीक्षा दिइरहेका पक्राउ परेका साह पेशाले इन्जिनियर रहेको बताइएको छ । परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीमा शंका लागेर चेकजाँच गर्दा साह पक्राउ परेका थिए । परीक्षा हलबाट समातिएका साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments