
रेशम चौधरी पक्राउ प्रकरण : विचाराधीन मुद्दामा कसरी सर्वोच्चबाट पत्र गयो बुझ्दैछौं : महान्यायाधिवक्ता
- बैशाख १७, २०८२ मा प्रकाशित

इटहरी । सरकारले सर्वोच्च अदालतले जारी गरेको पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको स्पष्ट पारेको छ। सरकारका कानुनी सल्लाहकार समेत रहेका महान्यायाधीवक्ता रमेश बडालले सर्वोच्च अदालतको पत्रका आधारमा चौधरी पक्राउ परेको आफूले थाहा पाएको बताएका छन् ।
‘सर्वोच्चबाट आजकै मितिमा पत्र गएको रहेछ, सोही पत्रको आधारमा पक्राउ परेको भन्ने कुरा आएको छ’ बडालले भने, ‘मुद्दा विचाराधीन भएको विषयमा कसरी पत्र गयो, हामी आश्चर्यमा परेका छौं । सर्वोच्च अदालतले अर्को पत्र पठाउना साथ उहाँका बारेमा अरु निर्णय होला ।’ उनले यसबारे थप विवरण आफूले बुझिरहेको बताए । महान्यायाधिवक्ता बडालले रेशम चौधरी पक्राउसम्बन्धी पत्र अदालतले सच्याएर पठाएमा छाड्न तयार रहेको बताएका छन् ।
उनले अदालतको आदेश कार्यान्वयन गर्नु सरकारको दायित्व भए पनि यस प्रकरणमा औपचारिक संयन्त्रबाट पत्र नगएको भन्ने बुझिएको र उक्त पत्र सच्चिएर आएमा उनी छुट्न सक्ने बताए । उनले भने, ‘अदालतको आदेश कार्यान्वयन सरकारको दायित्व हो । आजैको मितिमा पक्राउ गर्नू भन्ने आदेश आयो । कार्यान्वयन पनि भयो । तर अदालतले फर्मल च्यानलबाट भएको छैन भन्यो, अदालतले उक्त पत्र सच्यायो र पत्र पठायो भने हामी उहाँलाई तुरुन्तै रिलिज गर्छौ । राख्नुपर्ने कुनै कारण छैन ।’ प्रहरीले सर्वोच्चको पत्रको आधारमा चौधरीलाई आजै केहीबेरअघि पक्राउ गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments