
रेशमलाई पक्राउन पत्र लेख्ने महिमानसिंहलाई चार दिन हिरासतमा राख्न अनुमति
- बैशाख १९, २०८२ मा प्रकाशित

इटहरी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गराउन सर्वोच्च अदालतबाट अनधिकृत पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। आज (शुक्रबार) जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
विष्टले आफूले अनधिकृत पत्र लेखेको कुरा प्रहरीसँग स्वीकारेका छन् । यद्यपि उनीमाथि अनुसन्धान गरी प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराइ बयान लिनेछ । उनले चौधरीलाई पक्राउ गर्ने पत्र लेखेपछि सर्वोच्च अदालतले नै उनको पत्र अनधिकृत रहेको भन्दै प्रहरीलाई र डिल्लीबजार कारागार कार्यालयलाई पत्राचार गरेको थियो । सर्वोच्चले विष्टमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा ८४, ८७ र २७६ अनुसार अनुसन्धान र कारबाहीको माग गरेको छ । दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ ।
यसमा कसैले कुनै राष्ट्रसेवकलाई कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक लगाउन वा गर्न नपर्ने वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन नहुने उल्लेख छ। यो कसुरअनुसार उनलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना र दुवै सजाय हुने व्यवस्था छ । दफा ८७ अनुसार आदेशको अवज्ञा गर्न नहुने उल्लेख छ । ‘कसैले अधिकारप्राप्त अधिकारीको कानुन बमोजिमको आदेशअनुसार कानुन बमोजिम गर्नुपर्ने काम नगरी वा गर्न नहुने काम गरी त्यस्तो आदेशको अवज्ञा गर्न हुँदैन,’ उक्त दफामा भनिएको छ ।
यसरी अवज्ञा गर्नेलाई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । विष्टलाई यस कसुरमा पनि कारबाही गर्न पत्राचार गरेको हो । यस्तै उनलाई लिखतसम्बन्धी कसुरमा पनि कारबाही गर्न सर्वोच्चले सिफारिस गरेको छ। त्यसको दफा २७६ कीर्ते गर्न नहुने उल्लेख छ । ‘कसैले कीर्ते गर्न वा गराउन हुँदैन,’ उक्त दफामा भनिएको छ । यसमा कसुरको व्याख्या पनि गरेको छ ।
कसैले सर्वसाधरण वा कसैलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याउने वा आफू वा कसैलाई कुनै लाभ पुर्याउने नियतले कुनै झुट्टा लिखत वा झुट्टा विद्युतीय अभिलेख वा लिखत वा विद्युतीय अभिलेखको झुट्टा अंश वा भाग बनाउने काम गरेमा कीर्ते गरेको मानिने उल्लेख छ । यस कसुरमा पनि अदालतको फैसला वा आदेश कीर्ते गर्नेलाई आठ वर्षसम्म कैद र ८० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख छ। बुधबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपीको टोली रेशम चौधरीलाई पक्राउ गर्नका लागि भनेर कमलादीस्थित प्रज्ञा भवनमा पुगेको थियो । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकीकरणको घोषणा गर्ने कार्यक्रमका लागि गएका चौधरीलाई एक्कासी पक्राउ गरेपछि प्रहरीले किन र के मुद्दामा पक्राउ गर्यो भन्ने चासोको विषय बनेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख १९, २०८२कोशी लगानी सम्मेलन : ४६ वटा परियोजनामा हस्ताक्षर , १ खर्ब ५२ अर्बको प्रतिबद्धता
-
ताजा बैशाख १९, २०८२व्यवसायिक वातावरण हुनुपर्यो, भाटभटेनीले थप ६० अर्ब लगानी गर्न सक्छ : मिनबहादुर गुरुङ
-
ताजा बैशाख १९, २०८२विद्यालय शिक्षा र संघीय निजामती विधेयक यसै अधिवेशनबाट पारित गरिने
-
ताजा बैशाख १९, २०८२नीति तथा कार्यक्रमबारे डा. बाबुराम भट्टराईको प्रतिक्रिया : पास मात्र, फर्स्ट डिभिजन आएन ‘सरकारले गुणात्मक परिवर्तनको मौका गुमायो’
-
ताजा बैशाख १९, २०८२रेशमलाई पक्राउन पत्र लेख्ने महिमानसिंहलाई चार दिन हिरासतमा राख्न अनुमति
Comments