
रुसी हमलाको अन्तरिक्षमा छैन असर, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा उदाहरणीय सहकार्य
- चैत्र ६, २०७८ मा प्रकाशित
किभ: युक्रेन संकटलाई लिएर सुरुदेखि नै अमेरिका विवादमा तानिएको छ । युक्रेनमा २४ फेब्रुवरीमा रुसले हमला गरेदेखि नै अमेरिका र उ नेतृत्वको पश्चिमा गठबन्धनले रुसको चर्को विरोध गर्दै आएको छ । रुसविरुद्ध लड्न अमेरिकाले युक्रेनलाई सैन्य हतियारलगायका सहयोग प्रदान गर्दै आएको छ ।
त्यस्तै, युक्रेन हमला रोक्न बारम्बार चेतावनी दिँदै सोही बहानमा रुसमाथि विभिन्न प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले त रुसी समकक्षीलाई ‘युद्धअपराधी’ भनेर व्यक्तिगत रुपमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेका छन् ।
निश्चय नै युक्रेन हमलालाई लिएर पृथ्वीमा अमेरिका र रुसबीच तनाव छ । तर, अन्तरिक्षमा भने यी देशबीचको दोस्ती उत्तिकै छ जति पहिला थियो । अर्थात युक्रेन तनाबले अमेरिका र रुसी अन्तरिक्षयात्रीलाई खासै असर गरेको छैन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) मा उनीहरु निकट भएर काम गरिरहेका छन् ।
रुस र अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको नजिकको सीमामा सँगै काम गरिरहेका छन् । तीन रुसी अन्तरिक्ष यात्रीहरू – कमाण्डर ओलेग आर्र्तेमेभ, डेनिस मातभिभ र सर्गेई कोर्साकोभ साढे छ महिनाको मिसनमा शुक्रबार सुरक्षित रूपमा उत्रिएको छ ।
आइएसएसमा अमेरिका, रुस र अन्य देशहरुबीच २३ वर्षदेखि सहकार्य हुँदै आएको छ । तीनै जना रुसी अन्तरिक्षलाई कारिन्दाको एउटा समूहले भव्य स्वागत गरेको थियो । समूहमा चार जना अमेरिकी, दुई रुसी र एक जर्मनीका छन् । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments