
रुसी राष्ट्रपति पुटिनलाई अभिनेत्री रेबेलले देखाइन् ‘माझी औंला’
- चैत्र १, २०७८ मा प्रकाशित
काठमाडौं: अस्ट्रेलियाली अभिनेत्री रेबेल विल्सनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनप्रति लक्षित गर्दै ‘माझी औंला’ देखाएकी छन् । उनले युक्रेनमा रुसले गरेको हमलाको विरोध गर्दै पुटिनलाई ‘माझी औंला’ देखाएकी हुन् ।
एमिलिया जोन्सको प्रस्तुतिबारे बोल्दै उनले मञ्चमा दुई सांकेतिक भाषा रहेको उल्लेख गरेर ‘माझी औंला चाहिँ पुटिनलाई हो’ भन्दै देखाएकी थिइन् ।
‘बाफ्टा अवार्ड’ को मञ्चमा पुटिनलाई ‘माझी औला’ देखाएकी यी अभिनेत्री प्रायः चर्चामा आउँछिन् । रेबेल प्रख्यात महिला कमेडियनका रूपमा चिनिन्छिन् । उनी अस्ट्रेलियामा टेलिभिजन र थिएटर करियरमा सफल कलाकार हुन् । उनले एमटीभी मुभी र टिन च्वाइस जस्ता प्रख्यात अवार्ड पनि जितिसकेकी छन् ।
सन् २०१५ मा महिला दिवसमा प्रकाशित एक लेखमा रेबेलमाथि उनको नाम, उमेर र स्थानबारे झुटो बोलेको आरोप लागेको थियो । यो विषयमा रेबेलले बाउर मिडिया म्यागाजिनविरुद्ध मानहानीको मुद्दा दर्ता गराएकी थिइन् ।
उनले आफ्नो हाई–प्रोफाइल मानहानी मामिलामा करिब १ दशमलब ४ मिलियन डलर बढी खर्च गरेकी थिइन् । अन्ततः भिक्टोरियाको सर्वोच्च न्यायालयले पत्रिकालाई ४ दशमलब ५ मिलियन डलरभन्दा बढी जरिवाना भुक्तानको आदेश दिएको थियो ।
७५औं संस्करणको ‘बाफ्टा फिल्म अवार्ड’को सञ्चालन गरिरहँदा रेबेलले आफूलाई फ्याट टु फिट बनाएकी थिइन् । उनको नयाँ लुक्सलाई लिएर निकै चर्चा भएको थियो । उनले ३२ किलो वजन घटाएकी थिइन् ।
रेबेलका अनुसार उनी पहिला पोलिसिस्टिक ओवर सिन्ड्रोमबाट पीडित थिइन् । २० वर्षको उमेरदेखि नै उनको तौल बढ्न थालेको थियो । कमेडियन बनेपछि स्वस्थ रहनका लागि तौल घटाउने योजना बनाएकी थिइन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments