
रुपन्देहीका १५ पालिकामा गठबन्धनबाट एक्लियो एकीकृत समाजवादी
- बैशाख १४, २०७९ मा प्रकाशित
बुटवल: रुपन्देहीका १६ वटा पालिकामध्ये १५ पालिकामा नेकपा (एकीकृत समाजवादी) गठबन्धनबाट एक्लिएको छ ।
बुटवल उपमहानगरपालिकाबाहेक अन्य पालिकामा समाजवादी एक्लिएको हो । समाजवादीले १५ वटै स्थानीय तहमा एकल रुपमा उम्मेदवारी दर्ता गरेको छ । समाजवादीले बुटवल उपमहानगरमा पाँच दलीय गठबन्धनबाट उपप्रमुखमा चिनबहादुर गुरुङलाई उम्मेदवार बनाएकाे छ ।
धेरैजसाे पालिकामा गठबन्धनसँग पद बाँडफाँटमा कुरा नमिल्दा एकल रुपमा उम्मेदवारी दिइएको एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष राजु गुरुङले बताए । समाजवादीले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरी नौ जना, उपप्रमुख र उपाध्यक्ष गरी आठ उम्मेदवारी दर्ता गराएको गुरुङले जानकारी दिए ।
तर, गठबन्धनमा आवद्ध अन्य दलले भने समाजवादीले हैसियत भन्दा बढी माग गरेकाले मिलेर जाने अवस्था नभएको बताएका छन् । समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुखमा महिला उम्मेदवार उठाएको छ ।
नगरप्रमुखमा आशाकुमारी चौधरी र उपप्रमुखमा सन्जिव भण्डारीले उम्मेदवारी दिएका हुन् । देवदह नगरपालिका प्रमुखमा छवि भट्टराई, उपप्रमुखमा सरस्वती पोख्रेल, सिद्धार्थनगर नगरपालिका प्रमुखमा कुलेन्द्र पुन, सैनामैना नगरप्रमुखमा देवराज पोख्रेलले उम्मेदवारी दिएका छन् । त्यसैगरी लुम्बिनी साँस्कृतिक नगरपालिकामा सफिउर रहमान अन्सारीले उपप्रमुखमा उम्मेद्वारी दिएका छन् ।
समाजवादीले सम्मरीमाई गाउँपालिका अध्यक्षमा अशोक कमुार शुक्ला, उपाध्यक्षमा पवित्राकुमारी निषाद, शुद्धोधन गाउँपालिका अध्यक्षमा केशवकुमार खड्का, उपाध्यक्षमा रिना हरिजन, कञ्चन गाउँपालिका अध्यक्षमा रामबहादुर विक, उपाध्यक्षमा पार्वती पौडेल ढकाल, सियारी गाउँपालिकामा श्रीराम यादव, मायादेवी गाउँपालिकामा कपिलमुनी यादवले उम्मेद्वारी दर्ता गरेको जिल्ला सचिव अविराम विकले बताए ।
उनका अनुसार १६ वटै स्थानीय तहमा वडाध्यक्षसहित सदस्यको मनोनयन भएको छ । बुटवल उपमहानगरमा गठबन्धन कायम भए पनि अन्य पालिकामा एकीकृत समाजवादीले कतै एक्लै कतै माओवादी र जसपासँग गठबन्धन गरेको उपसचिव सरिता श्रीसले बताइन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments