
रुकुम हत्या काण्डः जलाइयाे मुलुकी ऐन र जंगबहादुर राणाको तस्बीर
- जेष्ठ ११, २०७९ मा प्रकाशित
खोटाङ: जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा मुलुकी ऐन र जंगबहादुर राणाको तस्बीर जलाइएको छ । आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराजसहित उनका पाँच साथीहरूको हत्यामा संलग्न दोषीमाथि कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न गठित संयुक्त संघर्ष समितिले मंगलबार दिक्तेलको त्रिबेणी चोकमा मुलुकी ऐन १९१० र मुलुकी ऐन लागू गर्ने जंगबहादुर राणाको तस्बीर जलाएको हो ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा प्रेमीका पक्षले कुटीकुटी नवराजसहित ६ जनाको १० जेठ २०७७ मा हत्या गरेका थिए । सोही हत्याकाण्ड भएको दुई वर्ष पुगेको दिन पारेर संघर्ष समितिले जात व्यवस्था विरुद्धको प्रतिरोध दिवस आयोजना गरेको हो । जंगबहादुरले निर्माण गरेको मुलुकी ऐनले जात व्यवस्थालाई संस्थागत रुपमा विकास गरेको र सोही जात व्यवस्थाको परिणाम नवराजसहित ६ जनाले ज्यान गुमाउनु परेकाले जंगबहादुर र मुलुकी ऐनको तस्बीर जलाइएको संघर्ष समितिका संयोजक दिपक ठटालले बताए ।
जिल्लाका दलित संघसंगठन तथा जनजाती महासंघ सम्वद्ध व्यक्ति सम्मिलित संघर्ष समितिले रुकुम घट्नाको विषयमा स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाहीका लागि दवाव सिर्जना गर्न संघर्षका कार्यक्रम गर्दैआएको छ । वर्तमान सरकार तथा सरकारका जिम्मेवार व्यक्तिले पश्चिमरुकुम घटनालाई गम्भीरतापूर्वक नलिँदा नवराजसहितका युवाको अवस्था निर्मला पन्तकोजस्तै सेलाएर जाने आशंका जन्माएको संयोजक ठटालले बताए ।
संघर्ष समितिले यसअघि जिल्लाका १० वटै स्थानीय तह र सरकारलाई ज्ञापनपत्र बुझाउने, घरेलु हतियार प्रदर्शन गर्ने, कालोपट्टी बाँधेर प्रशासन अगाडि धर्ना दिने, राँके जुलुस प्रदर्शन लगायतका संघर्षका कार्यक्रम गरेको थियो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments