
रास्वपाको केन्द्रीय समिति बैठक सुरू, यसता छन एजेन्डा
- पुष २०, २०८१ मा प्रकाशित

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरू भएको छ । बैठकको पहिलो दिन आज सहकारीसम्बन्धी अध्यादेश, २०८१ र संसदमा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरणलगायत विषयमा छलफल हुँदैछ । आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ । बैठकको पहिलो दिन शनिबार ८ः१५ बजेदेखि ९ बजेसम्म समसामयिक राजनीतिक विषयमा छलफल र रिपोर्टिङ भएको छ ।
९ देखि ११ बजेसम्म स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्ने कार्यतालिका छ । साढे १२ बजेदेखि साढे ४ बजेसम्म संगठन समीक्षा र संगठनको रणनीतिबारे छलफल गर्ने कार्यसूची छ । यी छलफलमा केन्द्रीय समिति र आमन्त्रित सदस्यहरूले आफ्नो धारणा राख्ने छन् । आमन्त्रित सदस्यहरूमा केन्द्रीय संगठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग र प्रदेश महामन्त्रीहरू रहने छन् ।
साँझ ५ बजेदेखि ६ बजेसम्म सहकारी सम्बन्धी अध्यादेश २०८१, संसदमा दर्ता भएको विधेयकबारे पार्टीको धारणाबारे छलफल हुने कार्यसूची छ । ६ देखि ६ः४० सम्म पार्टीको संरचनासम्बन्धमा प्रारम्भिक छलफल गर्ने त्यसपछि पहिलो दिनको समीक्षा, दोस्रो दिनको तयारीबारे छलफल गर्ने कार्यसूची छ । भोलिको बैठक बिहान ८ बजेदेखि नै सुरू हुने बताइएको छ । रास्वपाको केन्द्रीय समितिमा सभापति रवि लामिछानेसहित जम्मा ६१ जना सदस्य छन् । सभापति लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीमा डोलप्रसाद अर्याल छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments