
राष्ट्र बैंककाे २१ करोड मुद्दतीमा लगानी गर्न वित्तीय संस्थालाई दुई दिनको मात्रै म्याद बाँकी
- माघ २१, २०७८ मा प्रकाशित
काठमाडौं: नेपाल राष्ट्र बैकले बैंक तथा वित्तिय संस्थाको मुद्दती निक्षेपमा गर्ने भनिएको २१ करोड लगानीमा इच्छुक संस्थालाई बोलकबोल गर्ने २ दिनको समय मात्रै बाँकी रहेको छ ।
राष्ट्र बैंक कर्मचारी सुरक्षण कोषमा रहेका २१ करोड रुपैयाँ बाणिज्य, विकास र फाइनन्स कम्पनिलाई एक बर्षका अबका लागि मुद्दती निक्षेपमा लगानी गर्ने जनाएअनुसार इच्छुक कम्पनिले २३ माघ भित्र बोलकबोल गरिसक्नु पर्नेछ ।
मासिक रुपमा भुक्तानी गर्नुपर्ने सर्तमा राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकका लागि १६ करोड ८० लाख, ‘ख’ वर्गका विकास बैंकका लागि ३ करोड १५ लाख र ‘ग’ वर्गका वित्तीय कम्पनीलाई १ करोड ५ लाख रकम लगानी गर्ने छुट्याएको छ । जुन रकम आगमी ४ फागुनदेखि ४ फागुन २०७९ सम्मका लागि मात्रै कायम रहनेछ ।
न्यूनतम पुँजी कोष रहेको, निष्क्रिय कर्जाको कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, खुद तरल सम्पत्ति भएको हुनुपर्ने, दुई बर्ष पुरा भएको संस्थाले मात्रै सो रकम लिन सक्ने सर्त राष्ट्र बैंकले राखेको छ ।
राष्ट्र बैंकका अनुसार इच्छुक कम्पनिले लिन आफुले लिन चाहेको रकम र उक्त रकममा प्रदान गर्न सक्ने ब्याजदरसमेत उल्लेख गरेर निवेदन दिन सक्नेछन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments